२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

चलचित्र विकास बोर्डको अध्यक्ष हुने इच्छा छैन : हमाल

कान्तिपुर संवाददाता

काठमाडौँ — अभिनेता राजेश हमालले चलचित्र विकास बोर्डको अध्यक्ष बन्ने आफ्नो इच्छा नभएको बताएका छन् । पछिल्लो समय उनले बोर्ड अध्यक्षका लागि दौडधुप गरिरहेको भन्ने चर्चा निकै चलेकाे थियाे ।

चलचित्र विकास बोर्डको अध्यक्ष हुने इच्छा छैन : हमाल

आइतबार नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उनले बोर्डका सदस्यमध्येबाट कोही अध्यक्ष हुनुपर्ने तर्क गरे ।

'बाहिर जेसुकै हल्ला चले पनि बोर्डमा जान्छु भन्ने इच्छा मैले व्यक्त गरेको छैन । तर विकास बोर्डमा कुनै पदमा नरहे पनि फिल्मका गतिविधि, विकासक्रमबाट अछुत भएर बस्न भने सक्दिनँ,' उनले भने, 'केशव भट्टराईको वरपरि बसेर काम गर्नुहुनेमध्ये कसैले अध्यक्षता गर्नुभए हुन्छ । अधुरा कामहरु उहाँका नजिकमा बसेर काम गर्नेहरुलाई मात्र थाह हुन्छ । जो सदस्यहरु छन् ती अध्यक्ष बन्नलायकका व्यक्तिहरु छन्।'

तत्कालीन बाेर्ड अध्यक्ष केशव भट्टराईकाे निधनपछि चलचित्र विकास बाेर्डकाे अध्यक्ष पद खाली छ ।

प्रकाशित : फाल्गुन ४, २०७६ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?