कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पहिलो फिल्मबाट ६ हजार

कान्तिपुर संवाददाता

काठमाडौँ — आफ्नो ३३ वर्षे फिल्मी करिअरमा हलिउड अभिनेता ब्राड पिटले यसपटक बल्ल पहिलो ओस्कार अवार्ड जिते । फिल्म ‘वान्स अपअन अ टाइम इन हलिउड’ का लागि ब्राडले सहअभिनेताको ओस्कार जितेका हुन् । जब कि अन्य अवार्डमा भने एक सय ८६ पटक मनोनीत हुँदै एक सय ६ वटा जितिसकेका छन् ।

पहिलो फिल्मबाट ६ हजार

ब्राड पिट अहिलेका सर्वाधिक महँगा अभिनेतामा पर्छन् भने धनी सेलिब्रेटी पनि हुन् । उनको हालको कमाइ नै करोडौं डलरमा छ । धनीहरूको सूची प्रकाशित गर्ने फोर्ब्स म्यागाजिनले सन् २०१६ मा नै ब्राडले ३ करोड १५ लाख डलर कमाइसकेका थिए । तर त्यो कमाइ केवल अभिनयबाट मात्रै थिएन । ब्राडले आफ्नो कम्पनीमार्फत निर्माण गरेका फिल्मको कमाइ पनि सामेल थियो ।


आजका सर्वाधिक धनी र चर्चित अभिनेता ब्राडको सुरुवाती करिअर भने यति चम्किलो थिएन । सन् १९९१ मा उनले पहिलो ब्रेक पाएका थिए, गिना डेभिस र सुसन सरानडनको फिल्म ‘थेल्मा एन्ड लुइस’ मा । जसमा केवल ७ मिनेट मात्रै उनी पर्दामा देखिन पाएका थिए भने पारिश्रमिक स्वरूप जम्मा ६ हजार डलर । तर त्यसपछि भने ब्राडको करिअर र पारिश्रमिकको उचाइ बढ्दै बढेको थियो । फिल्ममा डेब्यु गरेको चार वर्षभित्रै उनले लाखौं पारिश्रमिक लिने भइसकेका थिए । ‘सेभेन’ का लागि ४० लाख डलर पारिश्रमिक लिएको लगत्तैको वर्ष ‘स्लिपर्स’ मा उनले एक करोड डलरमा आफ्नो पारिश्रमिक बढाएका थिए । पछिल्लो फिल्म ‘वर्ल्ड वार जेड’ मा त उनले आफ्नो करिअरकै उच्च २ करोड डलर लिएका थिए । तर आफूलाई पहिलो ओस्कार दिलाएको फिल्म ‘वान्स अपअन अ टाइम इन हलिउड’ मा भने केवल १ करोड डलरमै खेल्न राजी भएका थिए ।


टारान्टिनोको उक्त फिल्ममा ब्राड पिटले ६० को दशकको एक स्टन्टम्यानको भूमिका निर्वाह गरेका छन् । ब्राड पिट कमाइको मोटो रकम सामाजिक कार्यमा पनि लगाउने गर्छन् भने पछिल्लो पटक अभिनेत्री पत्नी एन्जेलिना जोलीसँगको सम्बन्धविच्छेदका कारण पनि मोटो रकम गुमाउनुपरेको थियो ।

प्रकाशित : फाल्गुन ४, २०७६ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?