कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

‘नीरफूल’को गीतमा महिला हिंसा 

कान्तिपुर संवाददाता

काठमाडौँ — भ्यालेन्टाइन डेको अवसर पारेर फिल्म ‘नीरफूल’ मा समेटिएको गीत ‘तिमी बदनामी बदनामी’ सार्वजनिक गरिएको छ । दुर्गा खरेलको स्वर, अर्जुन पोखरेलको संगीत र फिल्म निर्देशक फूलमान वलको शब्द रहेको गीतको भिडियोसहित हाइलाइट्स नेपालमार्फत सार्वजनिक गरिएको हो ।

‘नीरफूल’को गीतमा महिला हिंसा 

गीतमा अभिनेत्री रेखा थापा बार सिंगरको रुपमा देखिन्छिन् । उनले गाउँदै गर्दा बारमा महिला हिंसाका अनेक हर्कतहरु हुन्छन् । भिडियोमा पात्रको संघर्ष र उनीमाथि हुने हिंसाको सिलसिला प्रस्तुत गर्न खोजेको देखिन्छ ।


निर्देशक वलले गीतलाई ‘फिल्म चलाउने मसलाको रुपमा नभई फिल्मकै थिम अनुरुप स्वभाविक लयमा छायांकन गरिएको’ दाबी गरे ।


२०७२ को महाभूकम्पमा विछोडिएको परिवारले पुर्नमिलनको लागि गर्ने संघर्ष आधारित फिल्मको पटकथा सचिन घिमिरे र निर्देशक वलले लेखेका हुन् । सचिन एसाेसिएट निर्देशकको रुपमा पनि छन् ।

फ्रेन्डस् अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता भने दुबईकी सोनाम डोमा हुन् । प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको फिल्मको सम्पादन निमेष श्रेष्ठ र वितरक गोविन्द शाही र मनोज राठी रहेका छन् । भिडियोको कोरियोग्राफी भने राजेन्द्र राजवाहकले गरेका छन् ।

‘नीरफूल’ यही फागुन ३० गते रिलिज हुँदैछ ।

प्रकाशित : फाल्गुन २, २०७६ २१:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?