‘आशिकी-२’ बाट चोरिएकै हो त ‘म यस्तो गीत गाउँछु-२ ?’

कान्तिपुर संवाददाता

काठमाडौँ — फिल्म 'म यस्तो गीत गाउँछु २'को टिम यतिखेर विवादमा तानिएको छ । बिहीबार निर्माण युनिटले सार्वजनिक गरेको ट्रेलर बलिउड फिल्म 'आशिकी-२'बाट चोरिएको भन्दै धेरैले आलोचना गरेका छन् ।

‘आशिकी-२’ बाट चोरिएकै हो त ‘म यस्तो गीत गाउँछु-२ ?’

युट्युबमा कतिले त 'आशिकी-'को नेपाली भर्सन भन्दै कमेन्टसमेत गरेका छन् । 'ट्रेलर त आशिकी-२ र अ स्टार इज बनको संयोजन जस्तो लाग्यो' एक दर्शकले ट्रेलरको कमेन्टमा लेखेका छन् ।

३ हजार बढी कमेन्टमा अधिकांशले फिल्मको ट्रेलर नै चोरिएको भन्दै चर्को आलोचना गरेका छन् । निर्देशक सुदर्शन भने यी दुई फिल्मसँग आफ्नो फिल्मको ५ प्रतिशत पनि नमिल्ने बताउँछन् ।

'केही समूह पछाडि लागेका छन्। फिल्म नै नहेरीकन जे पायो त्यही बोल्नु भनेको त समूह लाग्नु नै हो । यसले मलाई केही फरक पार्दैन । मेरो फिल्मती फिल्मसँग ५ प्रतिशत पनि मिल्दैन,' उनले फोन संवादमा भने,'म्युजिकल फिल्म भन्ने बित्तिकै आशिकी–२ हुन्छ ?'

तर सुदर्शनलाई चोरीको आरोप लाग्नु नयाँ होइन । उनको डेब्यू फिल्म 'मेरो एउटा साथी छ' कोरियन फिल्म 'मिलिनियर्स फस्ट लभ'को हुबहु कपी थियो भने पछिल्लो फिल्म 'रामकहानी' थाई फिल्म 'पीमक'सँग मिलेको थियो ।

प्रकाशित : फाल्गुन २, २०७६ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?