त्यो भ्यालेन्टाइन्स : श्वेता खड्का

कान्तिपुर संवाददाता

काठमाडौँ — अभिनेत्री श्वेता खड्का पछिल्लो समय व्यापारमै सक्रिय छिन् । व्यापारबाट अभिनयको लागि समय निकाल्न उनलाई गाह्रो परिरहेको छ । तर अहिले उनी व्यापार बिस्तारमै लागेकी छिन् । उनी अभिनित पछिल्लो फिल्म 'कान्छी' हो । श्वेतासँग गरिएको भ्यालेन्टाइन्स संवाद :

ZenTravel

यो भ्यालेन्टाइन्स डेमा के छ त योजना ?

कार्यक्रम छ। त्यसैमा व्यस्त हुन्छु।

कुन 'भ्यालेन्टाइन्स डे' मिस हुन्छ ?

'भ्यालेन्टाइन्स डे' माया गर्नेहरुले आफ्ना मायाले मिस गर्ने दिन हो जस्तो लाग्छ। अँ, मलाई याद छ म टिनएज हुँदा विद्यालयमा कार्ड र फूल आदान प्रदान हुन्थ्यो। मलाई मनपराउनेहरुले गुलाब नै दिन्थे। त्योबेलाको साथीसँग यो दिन मनाएको धेरै याद आउँछ।

त्योबेला त धेरैले प्रेम प्रस्ताव राखे होला ?

'ओ माइ गड' (हाँस्दै) । धेरैजनाको प्रस्ताव आउँथ्यो। नक्कली गुलाब, कार्ड अनि उपहार दिने साथिहरु त धेरै थिए नि। प्रेम प्रस्तावका लागि भ्यालेन्टाइन्स डे नै कुर्नुपर्दैन जस्तो लाग्छ। अहिले पनि फ्यानहरुले फूलहरु पठाउनुहुन्छ। म चाहीँ कसैसँग प्रेममा छैन। तर म सबैलाई प्रेम गर्छु।

कतिको विशेष लाग्छ त यो दिन ?

कुनै पनि पर्व नभएको भन्दा राम्रो। एउटा विशेष दिनमा आफूले मन पराएको मानिससँग समय बिताउनु एकदम राम्रो लाग्छ। यो पर्वलाई लिएर म एकदमै सकरात्मक छु।

कुनै विशेष याद छ यो दिनसँग?

यादहरु त धेरै छन् तर सेयर गर्न मिल्दैन (खित्का छोडेर) । त्यही हो त्योबेला हाम्रो साथीहरुको समूह हुन्थ्यो। खुब रमाइलो हुन्थ्यो। त्यो क्षण याद आउँछ।


स्वर्गिय कलाकार/पति श्रीकृष्ण श्रेष्ठसँग भ्यालेन्टाइन्स मनाइयो होला नि ?

हामीले भ्यालेन्टाइन्स डे कहिल्यै पनि मनाइनौं। उहाँसँग मेरो अभिभावक, शुभेच्छुक अनि मित्रको सम्बन्ध थियो। बिहे भयो। त्यस्तो केही थिएन।

'भ्यालेन्टाइन्स' छैन कोही ?

मेरो शुभचिन्तकले त सँधै मलाई पनि माया गर्ने व्यक्ति आइदिओस्। मुभ अन होस् भन्ने इच्छा व्यक्त गर्नुहुन्छ।

आफैलाई चाहीँ कतिको लाग्छ अब 'मुभअन' हुनुपर्छ भन्ने ?

म यही भन्न सक्दिन भविष्यमा के हुन्छ। म आजसम्म रमाएर बाँचिरहेको छु। मैले रमाउने कुरामा केही पनि छोडेको छैनजस्तो लाग्छ। आफ्नो जिन्दगी रमाइलोसँग नै जिइरहेको छु। र, सुभचिन्तकको इच्छालाई मैले सकरात्मक रुपमा लिएको छु। यो उहाँहरुको मप्रति चिन्ता हो। हाम्रो योजना हाम्रो हातमा हुँदैन।

कतिको याद आउँछ यस्तो विशेष दिनमा ?

म जहिल्यै मिस गर्छु। कुनै पर्व आउनु पर्दैन उहाँलाई सम्झन। मैले बिर्सेकै छैन त नसम्झने कुरा हुँदैन। म हरेक बिहान उहाँलाई धुप बालेर ढोग्ने गर्छु। यो मैले गर्ने सम्झना हो। भगवानको रुपमा लिन्छु उहाँलाई। उहाँको तस्बिर भगवानसँगै राखेको छु। उहाँलाई सम्झन भ्यालेन्टाइन्स डे आउनु पर्दैन।

भनेपछि हरेक बिहान भ्यालेन्टाइन्स डे ?

हो नि।

प्रकाशित : फाल्गुन २, २०७६ १७:३५
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

गोक्यो तालमाथि आइस हक्की र स्केटिङको परीक्षण खेल सम्पन्न

कान्तिपुर संवाददाता

गोक्यो — सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु अन्तर्गत गोक्यो ताल–३ मा आइस हक्की र स्केटिङ सफलतापूर्वक परीक्षण गरिएको छ । शुक्रबार बिहान प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उक्त हक्की तथा स्केटिङको उद्घाटन गरेका हुन् ।रुस, अमेरिका,क्यानडा, भारत, लगायत देशका १७ जना खेलाडीले हक्की तथा स्केटिङ खेलेका थिए।

४८ सय मिटर उचाईमा रहेको गोक्यो तालमाथि खेल गर्नुको प्रमुख कारण भ्रमण वर्ष २०२० सफल बनाउन रहेको नेपाल भ्रमण वर्षका राष्ट्रिय संयोजक सुरज वैद्यले बताए।

उनले भने, ‘योचाहीँ परीक्षण मात्रै हो। अब आगामी दिनमा यसलाई निरन्तरता दिनुपर्छ। साहसिक खेल पर्यटनलाई प्रोत्साहन तथा आर्कषण गर्नका लागि यो खेल आयोजना गरिएको हो।’

करिब २३ जना सहभागी रहेको उक्त कार्यक्रममा राजदूत र खेलाडी सहभागी थिए।
‘यस्तो खेललाई अझै प्रचार प्रसार गर्नुपर्छ। पर्यटन क्षेत्र आम्दानीको स्रोत पनि हो। प्रदेश–१ मा यस्ता धेरै ठाउँ छन्। यसलाई प्रदेश १ ले अझै एक्प्लोर गर्नेछ,’ मन्त्री राईले भने।

प्रकाशित : फाल्गुन २, २०७६ १७:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×