१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

त्यो भ्यालेन्टाइन्स : श्वेता खड्का

कान्तिपुर संवाददाता

काठमाडौँ — अभिनेत्री श्वेता खड्का पछिल्लो समय व्यापारमै सक्रिय छिन् । व्यापारबाट अभिनयको लागि समय निकाल्न उनलाई गाह्रो परिरहेको छ । तर अहिले उनी व्यापार बिस्तारमै लागेकी छिन् । उनी अभिनित पछिल्लो फिल्म 'कान्छी' हो । श्वेतासँग गरिएको भ्यालेन्टाइन्स संवाद :

त्यो भ्यालेन्टाइन्स : श्वेता खड्का

यो भ्यालेन्टाइन्स डेमा के छ त योजना ?

कार्यक्रम छ । त्यसैमा व्यस्त हुन्छु ।

कुन 'भ्यालेन्टाइन्स डे' मिस हुन्छ ?

'भ्यालेन्टाइन्स डे' माया गर्नेहरुले आफ्ना मायाले मिस गर्ने दिन हो जस्तो लाग्छ । अँ, मलाई याद छ म टिनएज हुँदा विद्यालयमा कार्ड र फूल आदान प्रदान हुन्थ्यो । मलाई मनपराउनेहरुले गुलाब नै दिन्थे । त्योबेलाको साथीसँग यो दिन मनाएको धेरै याद आउँछ ।

त्योबेला त धेरैले प्रेम प्रस्ताव राखे होला ?

'ओ माइ गड' (हाँस्दै) । धेरैजनाको प्रस्ताव आउँथ्यो । नक्कली गुलाब, कार्ड अनि उपहार दिने साथिहरु त धेरै थिए नि । प्रेम प्रस्तावका लागि भ्यालेन्टाइन्स डे नै कुर्नुपर्दैन जस्तो लाग्छ । अहिले पनि फ्यानहरुले फूलहरु पठाउनुहुन्छ । म चाहीँ कसैसँग प्रेममा छैन । तर म सबैलाई प्रेम गर्छु ।

कतिको विशेष लाग्छ त यो दिन ?

कुनै पनि पर्व नभएको भन्दा राम्रो । एउटा विशेष दिनमा आफूले मन पराएको मानिससँग समय बिताउनु एकदम राम्रो लाग्छ । यो पर्वलाई लिएर म एकदमै सकरात्मक छु ।

कुनै विशेष याद छ यो दिनसँग ?

यादहरु त धेरै छन् तर सेयर गर्न मिल्दैन (खित्का छोडेर) । त्यही हो त्योबेला हाम्रो साथीहरुको समूह हुन्थ्यो । खुब रमाइलो हुन्थ्यो । त्यो क्षण याद आउँछ ।


स्वर्गिय कलाकार/पति श्रीकृष्ण श्रेष्ठसँग भ्यालेन्टाइन्स मनाइयो होला नि ?

हामीले भ्यालेन्टाइन्स डे कहिल्यै पनि मनाइनौं । उहाँसँग मेरो अभिभावक, शुभेच्छुक अनि मित्रको सम्बन्ध थियो । बिहे भयो । त्यस्तो केही थिएन ।

'भ्यालेन्टाइन्स' छैन कोही ?

मेरो शुभचिन्तकले त सँधै मलाई पनि माया गर्ने व्यक्ति आइदिओस् । मुभ अन होस् भन्ने इच्छा व्यक्त गर्नुहुन्छ ।

आफैलाई चाहीँ कतिको लाग्छ अब 'मुभअन' हुनुपर्छ भन्ने ?

म यही भन्न सक्दिन भविष्यमा के हुन्छ । म आजसम्म रमाएर बाँचिरहेको छु । मैले रमाउने कुरामा केही पनि छोडेको छैनजस्तो लाग्छ । आफ्नो जिन्दगी रमाइलोसँग नै जिइरहेको छु । र, सुभचिन्तकको इच्छालाई मैले सकरात्मक रुपमा लिएको छु । यो उहाँहरुको मप्रति चिन्ता हो । हाम्रो योजना हाम्रो हातमा हुँदैन ।

कतिको याद आउँछ यस्तो विशेष दिनमा ?

म जहिल्यै मिस गर्छु । कुनै पर्व आउनु पर्दैन उहाँलाई सम्झन । मैले बिर्सेकै छैन त नसम्झने कुरा हुँदैन । म हरेक बिहान उहाँलाई धुप बालेर ढोग्ने गर्छु । यो मैले गर्ने सम्झना हो । भगवानको रुपमा लिन्छु उहाँलाई । उहाँको तस्बिर भगवानसँगै राखेको छु । उहाँलाई सम्झन भ्यालेन्टाइन्स डे आउनु पर्दैन ।

भनेपछि हरेक बिहान भ्यालेन्टाइन्स डे ?

हो नि ।

प्रकाशित : फाल्गुन २, २०७६ १७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?