दिवेश पोखरेल अमेरिकन आइडलको शीर्ष २० मा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली गायक दिवेश पोखरेल 'अमेरिकन आइडल २०२०' मा टप शीर्ष २० मा पुगेका छन् । गायक पोखरेल अमेरिकन आइडलको १८औं सिजनको शीर्ष २० मा पुगेका हुन् ।

दिवेश पोखरेल अमेरिकन आइडलको शीर्ष २० मा

अमेरिकन आइडलका निर्णायक लुक ब्रायनले अडिसनमा पोखरेलाई आइडलकै ठूला स्टार भन्दै प्रशंसा गरेका थिए ।

'उ अमेरिकन आइडलकै ठूलो स्टार हुनसक्छ' उनले पोखरेलको प्रस्तुति हेरेपछि भने । फ्रेब्रुअरी १६ देखि प्रसारणमा आउने अमेरिकन आइडल पोखरेलकै कारण पनि नेपाली दर्शकका लागि यो सिजन खास बनेको छ । सन् २०१३ मा अमेरिका पुगेका गायक पोखरेलले यसअघि 'न्यानो घर','मन','समुन्द्र पारी', 'कर्णाली', 'प्रलय ए''प्रलय बी' जस्ता गीत सार्वजनिक गरेका थिए । गायक दिवेशको स्टेज नाम 'अर्थर गन' हो ।

१८ औं श्रृङ्खलाको निर्णायकमा भने ब्रायनसँगै केटी पेरी, लाइनल रिची छन् ।

भिडियाे हेर्नुहाेस्


प्रकाशित : फाल्गुन १, २०७६ १३:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?