कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

आदित्य र नेहाको बिहे चर्चा टिआरपी बढाउन गरिएको हल्लामात्रै !

(एजेन्सी)

चर्चित गायक उदितनारायण झाका छोरा आदीत्यनारायण र गायिका नेहा कक्कडको बिहेको चर्चा टेलिभिजन सो इन्डियन आइडलको टीआरपी (टार्गेट रेटिङ पोइन्ट) बढाउन गरिएको हल्लामात्रै भएको उदितले बताएका छन् ।

आदित्य र नेहाको बिहे चर्चा टिआरपी बढाउन गरिएको हल्लामात्रै !

बलिउड ह‌ंगामाका सुवास के झाले उदितलाई उद्धृत गर्दै यो समाचार लेखेका छन् । पछिल्लो समय इन्डियन आइडलको मञ्चबाट यी दुईको फेब्रुअरी १४ मा बिहे हुने हल्ला फैलिएको थियो। नेहा टेलिभिजन सोकी निर्णायक हुन् भने आदित्य कार्यक्रमका प्रस्तोता ।

उदितलाई उद्धृत गर्दै समाचारमा लेखिएको छ, 'मेरो छोरा आदित्य प्रस्तोता रहेको कार्यक्रमको टीआरपी बढाउन नेहासँगको हल्ला चलाइएको जस्तो मलाई लाग्छ । हल्ला सही सावित भए म खुसी नै हुनेछु । आदित्य हाम्रो एउटै छोरो हो । उसले अहिलेसम्म हामीलाई केही भनेको छैन । बिहे नै गर्ने भए त भन्थ्यो होला ।'

प्रकाशित : माघ २८, २०७६ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?