'दरबार' फ्लप भएपछि घटाइयो रजनीकान्तको पारिश्रमिक

एजेन्सी

सुपरस्टार रजनीकान्तले मुख्य भूमिकामा अभिनय गरेको फिल्म 'दरबार' बक्स अफिसमा असफल भएपछि सन पिक्चर्सले पारिश्रमिक घटाएर आधामात्रै दिने निर्णय गरेको छ । 

'दरबार' फ्लप भएपछि घटाइयो रजनीकान्तको पारिश्रमिक

'गजनी'का निर्देशक ए. आर मुर्गुडोससँग रजनीकान्तले पहिलोपटक सहकार्य गरेका यस फिल्मले ७० करोडको घाटा लगाएको भन्दै वितरकहरुले क्षतिपूर्ति माग गरेका थिए । यो रजनीकान्तको फिल्म करियरै खराब नतिजा रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।


हालै फिल्मकातर्फबाट सोनी पिक्चर्सका प्रतिनिधि कलानिदीले रजनीकान्तलाई पारिश्रमिक आधा दिनेबारे भेटेरै छलफल गरेका थिए । उनको प्रस्ताव सुनेर रजनीकान्त सुरुमा त अचम्ममा परेका थिए । लामो छलफलपछि उनले रजनीकान्तलाई मनाउन सफल भए ।


२ सय करोडको बजेटको 'दरबार' फिल्ममा उनले १ सय १८ करोड पारिश्रमिक लिएका थिए । सन पिक्चर्सले भने अहिले उनलाई नयाँ फिल्मका लागि ५८ करोडमात्र दिने भएको छ ।


प्रकाशित : माघ २७, २०७६ १६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?