कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

‘शिकारा’ विरुद्धको उजुरी खारेज

काठमाडौँ — जम्मु काश्मिर उच्च अदालतले फिल्म 'शिकारा : दि अन्टोल्ड स्टोरी अफ काश्मिरी पण्डित्स' विरुद्ध परेको उजुरी खारेज गरेको छ । फिल्मले काश्मिरको मुस्लिम र शिखलाई गलत देखाएको भन्दै इफ्तिकर, मजिद र इर्फानले अदालतमा उजुरी गरेका थिए ।

‘शिकारा’ विरुद्धको उजुरी खारेज

फिल्मका केही दृश्यमाथि आपत्ति जनाउँदै उनीहरुले फिल्मको प्रदर्शनमा रोक लगाउनुपर्ने माग गरेका थिए । तर उच्च अदालतले 'शिकारा'को प्रदर्शन रोक्नुपर्ने कुनै दृश्य फिल्ममा नरहेकोजनाएका छन् ।

फिल्मका निर्देशक विधु विनोद चोपडाले खुसी हुँदै ट्वीटरमा लेखेका छन्, 'म एकदम खुसी छु,यो उजुरी खारेज भयो। यो फिल्ममा घृणाभित्रको प्रेम देखाइएको छ । फिल्मले टुट्नुपर्ने होइन देशलाईजोड्ने सन्देश दिन्छ '

'शिकारा'मा आदिल खान र सदियाको अभिनय देख्न सकिन्छ । फिल्म शुक्रबारदेखिप्रदर्शनमा आएको छ ।

प्रकाशित : माघ २४, २०७६ १८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?