कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

सुटिङ सेटबाट सिधै अस्पताल भर्ना भए ऋषि कपुर 

(एजेन्सी)

नयाँ दिल्लीको अस्पतालबाट हालै उपचारपछि निस्किएका बलिउड कलाकार ऋषि कपुरलाई थप उपचारका लागि मुम्बईको अस्पताल भर्ना गरिएको छ। 

सुटिङ सेटबाट सिधै अस्पताल भर्ना भए ऋषि कपुर 

भाइरल ज्वरो आएपछि उनलाई मुम्बई अस्पताल सारिएको हो । 'डराउनु पर्ने अवस्था छैन । यो भाइरल ज्वरो हो,' अस्पताल स्रोतले बतायो । कपुर परिवारले भने उनको स्वाथ्यबारे केही जानकारी दिएको छैन ।


फिल्म 'शर्माजी नम्किन'को छायांकन रोकेर उनी उपचारका लागि मुम्बई फर्केका हुन् । यसरी अचानक अस्पताल भर्ना भएपछि कतिले उनको अवस्था नाजुक रहेको आँकलन गर्न थालेका छन् । कलाकार ऋषि आफैं भने त्यस्तो आँकलन नगर्न अनुरोध गर्छन् ।


यसअघि कलाकार कपुर बोन म्यारो क्यान्सरको उपचारका लागि १ वर्ष अमेरिका बसेका थिए ।


छायांकनकै क्रममा संक्रमण भएपछि मुम्बई फर्केको सामाजिक सञ्जाल ट्विटर मार्फत् ऋषिले जनाएका छन् । उनले लेखेका छन् 'म विगत १८ गतेदेखि फिल्मको छायांकनमा थिएँ । वातावरणको कारण मलाई संक्रमण भयो, त्यसैले अस्पताल भर्ना हुनुपर्‍यो ।'

प्रकाशित : माघ २३, २०७६ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?