२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

तापसी पन्नु भन्छिन् 'मायाले थप्पड हानिँदैन'

काठमाडौँ — 'पिंक'बाट चर्चा कमाएकी बलिउड अभिनेत्री तापसी पन्नु महिलालाई गरिने अवहेलनाविरुद्ध महिलाहरु नै सशक्त रुपमा उभिनुपर्ने बताउँछिन् । आर्थिक रुपले कमजोर महिलालाई हिंसाको विरुद्धमा उभिन कठिन रहेको उनी दाबी गर्छिन् । 

तापसी पन्नु भन्छिन् 'मायाले थप्पड हानिँदैन'

अनुभव सिन्हाले निर्देशन गरेको फिल्म 'थप्पड'मा अभिनय गरेकी तापसी पछिल्लो समय घरेलु हिंसाका विभिन्न विषयमा बोल्दै हिँडेकी छिन् । आर्थिक रुपले सपन्न परिवारले पनि इज्जत र सामाजिक प्रतिष्ठाकै कारण हिंसा विरुद्ध बोल्ने आँट नगर्ने उनी बताउँछिन् ।

'सबै किसिमको हिंसा चाहे त्यो एक थप्पड नै किन नहोस् त्यो महिलालाई गर्ने अनादर र दुर्व्यवहारबाट नै आउने गर्छ,' उनले भारतीय मिडियालाई भनेकी छिन, 'मायाले थप्पड हानेको भन्छौं हामी । तर त्यस्तो केहि होइन ।'

अभिनेत्री तापसीले महिला हिंसा माथि आधारित फिल्म 'थप्पड'मा अम्रिताको भुमिकामा अभनय गर्न निकै चुनौतीपूर्ण रहेको बताइन् ।


प्रकाशित : माघ २२, २०७६ १४:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?