'ब्रह्माश्त्र' पाँच भाषामा आउने 

एजेन्सी

काठमाडौँ — आयान मुखर्जीले निर्देशन गरेको बलिउड फिल्म 'ब्रह्माश्त्र' पाँच भाषामा प्रदर्शनमा आउने भएको छ । अमिताभ बच्चन, रनवीर कपूर र आलिया भट्टको प्रमुख भूमिका रहको फिल्म डिसेम्बर ४ मा प्रदर्शनमा आउने पक्का भएको छ । 

बलिउडमा प्रतिक्षित मानिएको यो फिल्म हिन्दी, तामिल, तेलेगु, मलालय अनि कन्नाडा भाषामा प्रदर्शनमा आउने भारतीय मिडियामा उल्लेख छ ।


२ वर्षदेखि फिल्मको प्रदर्शन अलमलमा थियो । तर, हालै निर्माण टिमले भिडियो सन्देशमार्फत फिल्मको प्रदर्शन मिति तय गरेका हुन् । अहिले फिल्मको पहिलो भागको प्रदर्शन मिति मात्र डिसेम्बरलाई तय भएको हो । यसका बाँकी दुई भागको प्रदर्शन अझै तय भइसकेको छैन । प्रकाशित : माघ १९, २०७६ १५:०८

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

एमसीसी अध्ययन गर्न नेकपाले बनायो कार्यदल

बबिता शर्मा

काठमाडौँ — सत्तारुढ नेकपाले मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) अध्ययन गर्न वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनाएको छ । 

कार्यदलमा स्थायी समिति सदस्यद्वय परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भीम रावल सदस्य छन्। पार्टीभित्र ज्ञवाली एमसीसी पास गर्नुपर्ने पक्षका मानिन्छन् भने रावललेएमसीसीको विरोधमा केन्द्रीय समिति र स्थायी समितिमा फरक मत राखेका छन्।

खनालको नेतृत्वमा कार्यदल बनाउने प्रस्ताव आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ल्याएको थियो। सचिवालयले ल्याएको प्रस्ताव केन्द्रीय कार्यसमितिको राष्ट्रिय सभागृहमा बसेको बैठकले पारित गरेको हो।समितिलाई १० दिनको समय दिइएको छ।

प्रकाशित : माघ १९, २०७६ १५:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×