कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

पूजा र आकाशको जोडी : निर्मातामाझ हिट, बक्स अफिसमा के होला ?

काठमाडौँ — दर्शकले रुचाएको स्क्रिन जोडी हुन् अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश खड्का । फिल्म 'रामकहानी'बाट पहिलोपटक यो जोडी पर्दामा देखिएका थिए । 

पूजा र आकाशको जोडी : निर्मातामाझ हिट, बक्स अफिसमा के होला ?

त्यही फिल्मबाट यो जोडी फिल्ममेकरको नजरमा पर्‍यो । रुपेश थिङले निर्देशन गर्ने फिल्म 'मन परेसी'मा पनि यी दुईको अभिनय रहनेछ । बुधबार फिल्मको शुभमुहूर्त गरियो।

यसअघि पूजा र आकाश अभिनित फिल्म 'पोइ पर्‍यो काले' प्रदर्शनमा आएको थियो । आकाश र पूजाको यो फिल्म बक्सअफिसमा असफल भयो । तैपनि फिल्ममेकरको यी दुईमाथिको विश्वास भत्किएन । आकाश र पूजाकै अभिनय रहेको फिल्म 'सम्हालिन्छ कहिले मन' पोस्ट प्रडक्सनको काममा छ। हालै यी दुई अभिनित फिल्म 'सम्झना बिर्सना'को छायांकन सकियो ।

फिल्म प्रदर्शनको टुङ्गो नहुँदा पनि लगातार फिल्म गर्न पाउनुचाहिँ यो जोडीको सफलता हो। अब, ती फिल्मले बक्स अफिसमा पनि सफलता दिलायो भनेचाहिँ जोडी अझै लामो समय टिक्ला।

प्रकाशित : माघ १६, २०७६ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?