२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

दयाहाङ भन्छन्- कोरोनाभन्दा खतरनाक समाजका भाइरस 

काठमाडौँ — निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राई पर्दाको स्थापित जोडी हो । यी दुईको मित्रताबारे थाहा नहुने फिल्म उद्योगमा कोही छैन भन्दा हुन्छ।

दयाहाङ भन्छन्- कोरोनाभन्दा खतरनाक समाजका भाइरस 

कतिले यी दुईको जोडीलाई गुटबन्दीको रुपमा पनि व्याख्या गर्ने गरेका छन् । जे होस् पर्दामा एक-अर्काका परिपूरक बन्दै आएका छन् दया र रामबाबु । त्यसैले अक्सर रामबाबुका फिल्ममा अभिनेता दया छुट्दैनन् । पछिल्लो समय यी दुईले फिल्म 'माछा माछा'मा एकसाथ लगानी पनि गरेका थिए ।


रामबाबुले निर्देशन गरेका 'कबड्डी' सिरिजदेखि अहिले 'सेन्टी भाइरस'सम्म आइपुग्दा पनि अभिनेता दयाहाङ उनका फिल्मबाट छुटेका छैनन् । जबकि यो फिल्मको मुख्य भूमिकामा कलाकार सिताराम कट्टेल(धुर्मुस) र कुञ्जना घिमिरे(सुन्तली) देखिँदैछन् । फिल्ममा दयाको पनि मुख्य अभिनय रहेको बताइएको छ ।


फिल्मको नाम पहिला 'एन्टी भाइरस' राख्ने योजनामा थिए निर्माण टिम । तर, सितारामका अनुसार फिल्मको स्क्रिप्टकै आधारमा नाम 'सेन्टी भाइरस' राखिएको हो ।


राजनीतिको विकृति र भूमाफियाको विषय फिल्ममा समावेश छ । महामारीका रुपमा संसारभर फैलिइरहेको कोरोना भाइरसभन्दा पनि खतरनाक समाजमा रहेका भाइरसको कथा फिल्मले बोल्ने दाबी गर्छन् दया ।


'समाजलाई हेर्ने दृष्टिकोण राजनीतिभित्र हुन्छ । राजनीति समाजको मेरुदण्ड हो । तर, त्यो मेरुदण्डभित्र केही त्यस्ता भाइरस पनि हुन्छन् । जसले सेन्टी पनि बनाइदिन्छ, कोरानाभन्दा पनि खतरा भाइरस,' उनले भने, 'त्यो भाइरस छिरेपछि समाज कतातिर जान्छ फिल्ममा यस्तै कुरा समावेश छ ।'

प्रकाशित : माघ १६, २०७६ १३:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?