कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

दुई साथीको कथामा ‘२ नम्बरी’

काठमाडौँ — ‘घामपानी’, ‘गोपी’ र ‘छ माया छपक्कै’ निर्देशन गरिसकेका दीपेन्द्र लामाले सोमबार नयाँ फिल्म ‘२ नम्बरी’ को निर्माण घोषणा गरेका छन् ।

दुई साथीको कथामा ‘२ नम्बरी’

फिल्मको पटकथासमेत लामा स्वयंको हो । दुई साथीको कथा वर्णन गर्ने फिल्मको उक्त भूमिकामा अभिनेताद्वय दयाहाङ राई र पल शाह हुनेछन् भने वर्षा राउत, बुद्धि तामाङ पनि लिड रोलमा देखिने भएकी छन् ।


‘एउटा गाउँका दुईजना साथीको मित्रता र दुश्मनीको कथामा फिल्म केन्द्रित हुनेछ,’ फिल्मका बारेमा जानकारी दिँदै पत्रकार सम्मेलनमा निर्देशक लामाले भने, ‘र, समाजमा हुने गरेका दुई नम्बरी धन्दा र भ्रष्टाचारका कुरा पनि फिल्मले उठाउनेछ ।’ फिल्मले राजनीतिक भ्रष्टाचार वा कुरीतिजस्ता विषयलाई नछोईकन सामाजिक विकृति र सर्वसाधारणबाट पनि हुन सक्ने भ्रष्टाचारका कुरा उठाइने निर्देशकले बताए ।


अभिनेता दयाहाङले फिल्मको कथाले नै आफूलाई आकर्षित गरेको जिकिर गर्दै ‘२ नम्बरी’ शब्दले चलनचल्तीमा नकारात्मक अर्थ दिए पनि फिल्ममा भने त्यस्तो नभएको उल्लेख गर्दै भने, ‘यो दुई जना नम्बरी (साथी) को कथा हो ।


नम्बरीको अर्थ शुद्धता पनि हो ।’ पल शाहले राम्रो टिमसँग काम गर्न पाउँदा उत्साहित रहेको प्रतिक्रिया दिएका थिए भने अभिनेत्री राउतले ‘सिक्ने मौका पाउने’ आशा व्यक्त गरिन् । राउतले यसअघि लामाकै निर्देशन रहेको फिल्म ‘गोपी’ मा पनि काम गरेकी थिइन् ।


रेड बर्ड प्रोडक्सन र आरआर फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको ‘२ नम्बरी’ को प्रस्तुतकर्ता किरण नेपाली हुन् । सुशन प्रजापतीले फिल्मको छायांकन गर्ने भएका छन् । माघ २५ देखि लमजुङ आसपास छायांकन गरिने बताइएको फिल्म आउँदो जनैपूर्णिमाका दिन रिलिज गरिने निर्माण पक्षले जनाएको छ ।

प्रकाशित : माघ १४, २०७६ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?