कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

दयाहाङले रेखाको फिल्म कहिले खेल्ने ?

काठमाडौँ — कुनै जमानामा नेपाली फिल्म क्षेत्रमा रेखा थापाको रजगज थियो । उनका फिल्मले मनग्य पैसा कमाउँथे । हिरोको छाँयाबाट अलग रहेर स्वतन्त्र छवि बनाउन सफल भइन् रेखा तर अहिले समय बदलिएको छ ।

दयाहाङले रेखाको फिल्म कहिले खेल्ने ?

उनका पछिल्ला सबै फिल्म बक्सअफिसमा कमजोर सावित भइरहेका छन् । न ती फिल्मले सुखद समीक्षात्मक प्रतिक्रिया नै पाए । ‘रुद्रप्रिया’, ‘रामप्यारी’, ‘पलाँस’, ‘मालिका’ उदाहरण हुन् । साख जोगाउनै धौधौ परिरहेको बेला दुई साताअघि रेखाले नयाँ फिल्ममा दयाहाङ राई र सौगात मल्लसँग सहकार्य गर्ने खबर सार्वजनिक गरिन् ।


दयाहाङ र सौगात यो समयका उम्दा अभिनेतामा दरिन्छन् । त्यसैले रेखाले टीपअप गर्ने भएपछि चर्चा पाउने भइहाल्यो । तर, रेखाको यस फिल्म दयाहाङले खेल्लान् त भन्ने प्रश्न पनि गर्न थालिएको छ । उक्त फिल्मको वैशाखबाट सुटिङ सुरु हुने रेखाले घोषणा गरेकी छन् । दयाहाङ भने लगालग दुई फिल्ममा अनुबन्ध भएका छन्– सुव्रत आचार्यको ‘के घर के डेरा’ र रामबाबु गुरुङको नयाँ फिल्ममा । ‘के घर के डेरा’को छाँयाकनपछि रामबाबुको फिल्मको सुटिङ सुरु हुनेछ । त्यो भनेको, वैशाख आसपास । सोमबार नै घोषणा भएको दीपेन्द्र लामाको फिल्म 'दुई नम्बरी'मा पनि दया नै मूख्य भूमिकामा छन् ।


त्यसपछि दयाहाङ आफैं निर्देशनमा जुट्नेछन् । जबकी रेखाले वैशाखमा छायाँकन गर्ने बताएकी छन् । तर स्क्रिप्टसमेत तयार छैन । कथासार सुनेपछि सामान्य मौखिक सहमति गरे पनि पटकथा पढेपछि मात्र दयाहाङले अन्तिम निर्णय दिनेछन् । त्यसैले पनि दयाहाङको उपस्थिति अन्यौल बनेको हो ।


यस फिल्मको स्क्रिप्ट जगदिश्वर थापाले लेख्दैछन् भने सविर श्रेष्ठले निर्देशन गर्ने जानकारी दिइएको छ । सौगात पनि लिखित अनुबन्ध भएका होइनन् ।

प्रकाशित : माघ १४, २०७६ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?