१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

आमिरका लागि पछि हटे अक्षय

एजेन्सी

काठमाडौँ — बलिउड स्टारहरु प्राय: एकअर्कासँग प्रतिस्पर्धा गरिरहेका देखिन्छन् । चाहे त्यो कुनै भूमिकाका लागि होस् वा आफ्नो फिल्म प्रदर्शनमा । यही प्रतिस्पर्धाले बक्सअफिसमा ठूला स्टारका फिल्महरु एकैपटक आउने गर्छन् ।

आमिरका लागि पछि हटे अक्षय

यस वर्षको क्रिश्मसमा यस्तै दुई ठूला फिल्मको प्रतिस्पर्धा हुने तय थियो । यी दुई फिल्म थिए- अक्षय कुमारको 'बच्चन पाण्डे' र आमिर खानको 'लालसिंह चड्ढा' । तर, अब यो भीडन्त टर्ने भएको छ । आमिरको अनुरोधमा अक्षयले आफ्नो फिल्मको रिलिज २०२१ को जनवरीलाई सारेका छन् ।


अक्षयको यो कदमबाट उनका फ्यान भने खासै खुशी छैनन् । आफ्नो करिअरको शीर्षमा रहेका बेला अक्षय आमिरका लागि पछि हटेकोमा उनीहरु असन्तुष्ट छन् । यो समाचार आउनासाथ अक्षयका फ्यानहरुले 'बच्चन पाण्डे'को प्रदर्शन मिति सार्नु नहुने भन्दै ट्विट गर्न थालेका छन् । 'सेल्भ बच्चन पाण्डे' भन्ने ह्यासट्यागलाई उनीहरुले ट्रेन्डिङमा ल्याएको कोइमोइले जनाएको छ ।


गत वर्ष चार वटा फिल्म हिट भएका अक्षयका यस वर्ष पनि चार वटा फिल्म आउँदैछन् । 'ठग्स अफ हिन्दोस्ताँ'को असफलतापछि आमिर भने यस वर्ष हलिउड हिट 'फरेस्ट गम्प'को रिमेक 'लालसिंह चड्ढा'मा आउन लागेका हुन् । यो फिल्ममा उनका साथ करिना कपुर र दक्षिण भारतीय फिल्मका स्टार विजय सेथुपति पनि मूख्य भूमिकामा हुनेछन् ।

प्रकाशित : माघ १३, २०७६ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?