विपिन नखेलेपछि पलको प्रवेश

काठमाडौँ — यो समय सर्वाधिक माग भएका अभिनेतामध्ये विपिन कार्की पनि एक हुन् । ‘हरि’बाट काफी प्रसंशा बटुलेका विपिनको ‘जात्रै–जात्रा’ सुपरहिट भयो । त्यसपछि उनको माग झन् बढ्यो ।

विपिन नखेलेपछि पलको प्रवेश

दीपेन्द्र लामाको नयाँ फिल्म ‘दुई नम्बरी’का लागि उनलाई प्रस्ताव गरिएको थियो तर समय नमिलेको भन्दै उनले यो फिल्म खेल्न इन्कार गरे ।


अब यो भूमिकामा पल शाहले अभिनय गर्ने भएका छन् । यसको पुष्टि निर्देशक लामाले गरेका हुन् । ‘विपिनलाई अफर गरिएको थियो तर सेड्युल मिलेन । अब पल शाहलाई अनुबन्ध गर्दैछौं,’ उनले भने ।


विपिन र दीपेन्द्रले यसअघि ‘गोपी’मा सहकार्य गरेका थिए । यो फिल्म बक्सअफिसमा कमजोर साबित भयो । पलबाहेक ‘दुई नम्बरी’मा दयाहाङ राई र वर्षा राउत मुख्य भूमिकामा देखिने छन् । दीपेन्द्रको डेब्यु फिल्म ‘घामपानी’मा दयाहाङले अभिनय गरेका थिए ।


‘दुई नम्बरी’मा एक भुटानी अभिनेत्रीको पनि अभिनय रहने करिब पक्का छ । तर निर्देशकले यो विषयमा बोल्न चाहेनन् । यत्ति भने, ‘भुटनीज हिरोइन खेल्ने/नखेल्ने एक सातामा पक्का हुन्छ ।’

प्रकाशित : माघ १२, २०७६ १८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?