कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

नितेशजंग कुँवर फिल्म खेल्दै, अदितीसँग रोमान्स गर्ने !

रीना मोक्तान

काठमाडौँ — पछिल्लो समयका लोकप्रिय गायक हुन्, नितेशजंग कुँवर । उनका फ्यानका लागि खुशीको खबर छ– उनले फिल्म खेल्ने भएका छन् । निर्देशक सुरेन्द्र पौडेलको नयाँ प्रोजेक्टमा उनको  मूख्य भूमिका रहने पक्का भएको हो ।

नितेशजंग कुँवर फिल्म खेल्दै, अदितीसँग रोमान्स गर्ने !

नितेशलेयसअघि पनि फिल्म खेल्ने इच्छा व्यक्त गर्दै आएका थिए । उनले रामबाबु गुरुङसँगसहकार्य गर्ने चर्चा भएको थियो तर त्यसको चाँजोपाँजो मिलेन । यहीबीच पौडेलकोप्रस्तावलाई नितेशले स्वीकारेका हुन् । उनीसँग अनस्क्रिन रोमान्स गर्ने हिरोइन पनिफाइनल भइसकेको फिल्म टीमका एक सदस्यले जानकारी दिए । उनी हुन्- अदिती बुढाथोकी ।

सुरेन्द्रलेयसअघि अदितीलाई नै लिएर कृबनाएका थिए तर फिल्मको व्यापार र प्रतिक्रिया उत्साहजनक रहेन । त्यसपछिअदिती मुम्बई नै फर्किएकी थिइन् । यो फिल्मका लागि छिट्टै नेपाल आउने तयारीमा छिन्।

मूख्यकलाकार तय भए पनि फिल्म युनिटले गुपचुप राख्न चाहेको छ । मेरो नयाँ फिल्मका लागि नितेश रअदितीलाई अफर गरिएको हो तर फाइनल नै भएको होइन,’ सुरेन्द्रले भने । यो फिल्म सिक्किममाछाँयाकन हुनेछ । फिल्म युनिटले लोकेसन हेरिसकेको छ । सम्पादकबाट निर्देशक बनेकासुरेन्द्रको पहिलो फिल्म आभाषपनि फ्लप भएको थियो ।

प्रकाशित : माघ १२, २०७६ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?