२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

कंगना, एकता, अदनान र करण जौहरलाई पद्मश्री

काठमाडौँ — ‘पंगा’मा जया निगम बनेर दर्शकको मन जितिरहेकी अभिनेत्री कंगना रनावत पद्मश्रीबाट सम्मानित भएकी छन् । यो नागरिकलाई प्रदान गरिने भारतको चौथो ठूलो सम्मान हो ।

कंगना, एकता, अदनान र करण जौहरलाई पद्मश्री

कंगनासहित फिल्म निर्माता एकता कपुर तथा निर्माता निर्देशक करण जौहर र गायक अदनान सामी पद्मश्रीबाट विभूषित भएका छन् । कलाकारिताको क्षेत्रमा पुर्या।एको योगदानको कदर गर्दै उनीहरुलाई सम्मान प्रदान गरिएको हो ।


पद्मश्री पाएपछि कंगनाले खुशी पोख्दै भनेकी छन्, ‘म यो अवार्ड सपना देख्ने सबै महिलाप्रति समर्पण गर्न चाहन्छु । उनीहरुको सपनाले देशको भविष्य निर्धारण गर्छ ।’ महिला सशक्तीकरण र अधिकारका लागि आवाज उठाउँदै आएकी कंगनाले फिल्मबाट यसअघि तीन राष्ट्रिय अवार्ड जितिसकेकी छन् ।


पछिल्लो समय भारतीय सरकारले ल्याएको नागरिकता कानुनको विरोधमा बलिउड हस्तीहरु निस्किइरहेका बेला कंगनाले भने प्रधानमन्त्री नरेन्द्र मोदीको समर्थन गरेकी थिइन् । अदानान सामी पाकिस्तानको नागरिकता त्याग गरी भारतीय भएका हुन् । जौहर बलिउडका स्थापित निर्माता तथा टेलिभिजन रियालिटी सोका स्टार हुन् । एकता कपुर भारतीय टेलिभिजन दुनियाँका चर्चित टेलिश्रृंखलाकी निर्माता हुन् ।

प्रकाशित : माघ १२, २०७६ १६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?