कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

अनुपको बेवास्ता 

काठमाडौँ — यो साता शुक्रबार नेपाली फिल्म 'कमाण्डर' प्रदर्शनमा आयो । लामो समय हलमा नेपाली फिल्म नै प्रदर्शन भएन । बल्लतल्ल प्रदर्शनमा आएको फिल्म 'कमाण्डर'को बजारमा खासै चर्चा छैन । 

अनुपको बेवास्ता 

फिल्ममा प्रमुख भूमिका निभाएका छन् कलाकार अनुपविक्रम शाहीले । तर, पछिल्लो समय यो फिल्मको प्रचारमा अनुप पनि सक्रिय देखिएनन् । टेलिभिजन कार्यक्रम मै व्यस्त देखिए उनी ।


यसअघिका फिल्मको प्रचारमा भने अनुप सहभागी देखिन्थे । तर 'कमाण्डर' फिल्मको प्रचारमा उनी देखिएनन् । न उनले सामाजिक सञ्जाल फेसबुकमा फिल्मको पोस्टर नै सेयर गरे ।

अब फिल्मको प्रमुख कलाकारले नै यसरी प्रचारमा वास्ता नगरिदिएपछि दर्शकले फिल्मबारे कसरी जानकारी पाओस् त ?


पछिल्लो समय नकारात्मक भूमिकामा रुचाइएका अनुपका अधिकांश फिल्म फ्लप भए । अभिनेत्री सन्नी लियोनीसँग स्क्रिन सेयर गरेको फिल्म 'पासवर्ड', 'कप्स', 'वीरंगना', 'झमक बहादुर', 'हुर्रे', 'जय शम्भु', 'पुरानो बुलेट' लगायतका फिल्म फ्लप भए ।


सायद 'कमाण्डर' पनि फ्लप लिस्टमा पर्ने देखेर उनले फिल्ममा त्यति वास्ता गरेनन् कि ! 'हँसिया', 'बीर बिक्रम'बाट अभिनयमा आश देखाएका थिए अनुपले । तर यही अनुप किन यस्ता फिल्म गर्दैछन्, उनैलाई सोध्नुपर्ला ?

प्रकाशित : माघ १०, २०७६ १४:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?