‘बागी ३’मा टाइगर–जैकी श्राफ

एजेन्सी

काठमाडौँ — टाइगर श्राफको हिट फ्रेन्चाइज ‘बागी’को तेस्रो भागमा उनी आफ्ना पिता जैकी श्राफसँग देखिने भएका छन् । 
फिल्मका निर्माता साजिद नाडियडवालाले यसको पुष्टि गरेका छन् ।

‘बागी ३’मा टाइगर–जैकी श्राफ

‘टाइगरलाई फिल्ममा लञ्च गरेदेखि नै जैकी र टाइगरको जोडी दर्शकले हेर्न चाहनु भएको थियो, अब त्यो पूरा हुँदैछ,’ उनले मिडडेलाई भनेका छन् ।

‘बागी’ ३ मा श्रद्धा कपुर पनि मूख्य भूमिकामा हुनेछन् । श्रद्धा बागी एकमा पनि थिइन् भने दुईमा दिशा पाटनी थिइन् । जैकी श्राफ पछिल्लो समय सहायक र नकारात्मक भूमिकमा देखिदै आएका छन् । तर, यसमा भने उनको भूमिकाबारे केही खुलाइएको छैन ।

प्रकाशित : माघ ९, २०७६ १९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?