२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

‘जर्सी’ को सुटिङमा फर्किए शाहिद

अभिनेता शाहिद कपुर नयाँ फिल्म ‘जर्सी’मा क्रिकेट खेलाडी बन्दैछन् । यही नामको दक्षिण भारतीय फिल्मको हिन्दी रिमेक हो यो।अभिनेता नानीको भूमिकामा शाहिद देखिने भएका हुन् । क्रिकेटको लामो प्रशिक्षणपछि उनले ‘जर्सी’को सुटिङ सुरु गरेका थिए ।तर चन्डीगढमा फिल्म खिच्ने क्रममा उनको ओठमा चोट लाग्यो । दाग देखिने भएपछि सुटिङ नै रोक्नु पर्‍यो ।

‘जर्सी’ को सुटिङमा फर्किए शाहिद

दुई हप्ताकाे आराम पछि शाहिद फेरि ‘एक्सन–कट’मा फर्किएका छन् ।

मंगलबार इन्स्टाग्राममा फोटो पोस्ट गर्दै लेखेका छन्, ‘तपाईंहरुको शुभेच्छाको लागि धन्यवाद । फुटेको ओ‌ठमा हल्का दाग त छ तर धेरै देखिन्न ।’ चन्डीगढमै सुटिङ पुनः सुचारु हुने बताइएको छ । यस स्पोर्टस् ड्रामामा शाहिदसँगै म्रुनाल ठाकुर र पंकज त्रिपाठी मुख्य भूमिकामा छन् । तेलगु ‘जर्सी’कै निर्देशक गौथम तिन्नुरीले हिन्दीमा निर्देशन गर्दैछन् ।

अघिल्लो वर्ष शाहिदले दक्षिण भारतीय फिल्म ‘अर्जुन रेड्डी’को हिन्दी रिमेक ‘कविर सिंह’बाट उधुम सफलता पाएका थिए । ‘जर्सी’ले यसलाई निरन्तरता देला ? यो फिल्मको प्रदर्शन मिति आगामी अगस्ट २८ तोकिएको छ ।

प्रकाशित : माघ ७, २०७६ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?