कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अध्यक्ष बन्ने सोचेको छैन : भुवन केसी 

काठमाडौँ — नेपाल चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि दौडधुप सुरु भएको छ । केशव भट्टराईको निधन भएको १ महिना नबित्दै नयाँ अध्यक्ष पदका लागि दौडधुप बढ्न थालेको हो । अध्यक्ष पदका लागि लबिङ गर्नेहरुमा थुप्रै चलचित्रकर्मीको नाम बाहिरिएका छन् ।

अध्यक्ष बन्ने सोचेको छैन : भुवन केसी 

त्यसमध्ये अभिनेता भुवन केसीले पनि दौडधुप सुरु गरेको चलचित्र क्षेत्रमा चर्चा चल्न थालेको छ । भुवनसँग यस विषयमा प्रश्न गर्दा अध्यक्ष पदमा आफ्नोद खासै चासो नभएको बताए । छोरा अनमोल केसीसँग फिल्म 'एन्टी हिरो'को तयारीमा रहेका भुवनले शुभचिन्तकले नै आफ्नो नाम सार्वजनिक गरेको बताए ।


'मेरा शुभचिन्तकको चाहना होला म त्यहाँ गएर केही गरुँ । राम्रो चलचित्र निर्माणका लागि काम गरुँ,' उनले भने, 'नेपाली चलचित्रको विकासका लागि त्यस क्षेत्रमा जानु त राम्रो नै हो । त्यहाँबाट नेपाली चलचित्रकर्मीको हितमा काम गर्न सकिन्छ नै । तर मैलेचाहिँ अध्यक्ष बन्नेबारे अहिले नै केही सोचेको छैन ।'

प्रकाशित : माघ ७, २०७६ १२:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?