कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

आदित्य र नेहाको बिहे चर्चा : उदित भन्छन्, 'परिवारमा गायिका थपिँदा खुसी नै हुन्छु' 

काठमाडौँ — गायिका नेहा कक्कडसँग गायक उदित नारायणका छोरा आदित्य नारायणसँग बिहेको चर्चा चल्न थालेको छ । खासमा गायन रियालिटी शो 'इन्डियन आइडल'को स्टेजमा नेहा र आदित्यको परिवारले यी दुईको बिहे गरिदिने बताएका थिए । बिहेको मिति पनि तय गरेका थिए, फेब्रुअरी १४ । त्यसपछि हो, जहातहीं यी दुईको बिहेको चर्चा चल्न थालेको । 

आदित्य र नेहाको बिहे चर्चा : उदित भन्छन्, 'परिवारमा गायिका थपिँदा खुसी नै हुन्छु' 

हालै, उदितले छोराको बिहेबारे मुख खोलेका छन् । 'कुनै गायिका मेरो घरको बुहारी बन्छ भने म त्यसमा खुसी हुन्छु' भारतीय मिडियामा उनले भनेका थिए ।


छोरा आदित्य र नेहाको बिहेको हल्लाबारे बोल्दै उनले थपे, 'नेहा एकदमै राम्री केटी हो । उनी निकै राम्रो गाउँछिन् । मलाई नेहा असाध्यै राम्रो लाग्छ । ममात्रै होइन उनलाई सबैले माया गर्छन् । उनले आफ्नो लागि इन्डस्ट्रीमा स्थान बनाएकी छिन् । म अक्सर उनको गीत सुन्छु ।'

नेहा र आदित्य 'इन्डियन आइडल'मा सँगै कार्यरत छन् । नेहा गायन शोको निर्णायकको रुपमा कार्यरत छिन् भने आदित्य कार्यक्रम प्रस्तोता । बिहेको चर्चा त्यही शोबाट चल्न थालेको बताउँछन् ।'

प्रकाशित : माघ ७, २०७६ १२:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?