म स्टार होइन : भूमि पेडनेकर- मनोरञ्जन - कान्तिपुर समाचार

म स्टार होइन : भूमि पेडनेकर

कान्तिपुर संवाददाता

सन् २०१९ मा बलिउड अभिनेत्री भूमि पेड्नेकरले खेलेका तीन फिल्म हिट भए । 'सांडकी आँख', 'बाला', 'पति पत्नी और वो' भन्दा अगाडि पनि भूमिले हिट फिल्मको स्वाद चाखिसकेकी छिन् । यसअघि 'ट्वाइलेट एक प्रेमकथा', 'शुभ मंगल सावधान'जस्ता हिट फिल्म गरेकी भुमी आफुलाई स्टार भन्न रुचाउँदिनन् ।

'म आफूलाई कहिल्यै स्टार भन्न सक्दिनँ होला । किनकि म लजालु स्वभावकी छु । तर, म के भन्नसक्छु भने मैले चाहेको फिल्म मैले गर्न पाएँ । अनि मलाई दर्शकले माया पनि गरिदिनु भएको छ । यसअर्थमा म सफल छु' उनले भारतीय मिडियालाई भनेकी थिइन् ।

भूमिलाई भने बलिउड दर्शकले स्टारका रुपमा लिन थालेका छन् । अब भूमि अभिनेता अक्षय कुमारसँग 'दुर्गावती''डल्ली किट्टी और वो चमक्ते सितारे'मा देखिनेछिन् ।

प्रकाशित : माघ ६, २०७६ १३:४९
प्रतिक्रिया
पठाउनुहोस्

ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु

कान्तिपुर संवाददाता

खोटाङ — ट्रयाक्टर दुर्घटनामा एक जनाको ज्यान गएको छ । हलेसी तुवाचुङ नगरपालिकाको हलेसीबाट रावाबेसी गाउँपालिका रभुवा जाँदै गरेको ना ५ त ७१५४ नम्बरको ट्याक्टर आइतबार राति साढे एक बजे ऐंसेलुखर्क भन्ने ठाउँमा दुर्घटना हुँदा २८ वर्षीय चालक देवनारायण चौधरीको घटनास्थलमै मृत्यु भएको हो । 

चालक उदयपुरको त्रियुगा नगरपालिका–६ जलजलेका हुन् । दुर्घटनामा रौतहट चन्द्र निगाहपुर घर भएका २० वर्षीय सहचालक राजु साह घाइते भएका छन् । घाइते साहको हलेसीस्थित क्लिनिकमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक वामदेव गौतमले बताए ।

प्रकाशित : माघ ६, २०७६ १३:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×