कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

प्रेमी देवांशसँग साम्राज्ञीको अनस्क्रिन रोमान्स

काठमाडौँ — अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह प्रेमी देवांश राणासँग म्युजिक भिडियो गर्दैछिन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा भिडियोको 'फस्टलुक' भन्दै उनले प्रेमी देवांशसँग खिचेको एक तस्बिर सार्वजनिक गरेकी छिन् । तस्बिरको क्याप्सनमा लेखेकी छिन्, 'हामी अनस्क्रिन जोडी भएर भिडियोमा देखिँदै छौं' ।

प्रेमी देवांशसँग साम्राज्ञीको अनस्क्रिन रोमान्स

प्रेमी देवांशसँग 'बाली'को बिचमा खिचिएको तस्बिरपछि साम्राज्ञी प्रेम सम्बन्धमा खुल्न थालेकी छिन् । केहि महिनाअघि प्रेमी देवांशसँग उनी वीरगञ्जमा भएको एक कार्यक्रममा हात समाउँदै प्रस्तुत भएकी थिइन् । अब यो जोडी म्युजिक भिडियोमा पनि देखिँदैछिन् ।

'बाली'को तस्बिर हेरिसकेका दर्शकका लागि यी दुईको अनस्क्रिन रोमान्स खासै नौलो विषय भने होइन । साम्राज्ञीको हातमा अहिले कुनै फिल्म छैन । पछिल्लो समय 'कायरा', 'तिमीसँग', 'मारुनी','रातो टिका निधारमा' जस्ता फ्लप फिल्म गरेपछि साम्राज्ञी हतोत्साहित देखिन्छिन् । फिल्महरुको अफर आए पनि गरिहाल्ने छाँटकाट छैन । त्यसैले होला उनी अहिले म्युजिक भिडियोतिर ढल्केकी छिन् । बेलैमा बुद्धी पुर्‍याएको भए यति धेरै फ्लप फिल्मबाट बच्न सक्थिन् साम्राज्ञी । ढिलै भए पनि फिल्म छनौटमा गम्भीर देखिन्छन् उनी ।

प्रकाशित : माघ ६, २०७६ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?