कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदीपको फिल्ममा अभिनय गर्दै दीपिका

काठमाडौँ — अभिनेत्री दीपिका पादुकोणले प्रदीप सरकारले निर्माण गर्ने फिल्ममा खेल्ने भएकी छन् । १९औं शताब्दीतिरकी गायिका विनोदिनी दासीको जीवनीमा आधारित फिल्ममा दीपिकाले अभिनय गर्ने भएकी हुन् । गायनमा विनोदिनीले कोलकाताको स्टेजमा एकछत्र राज गरेकी थिइन् । उनी थियटर आर्टिस्टसमेत थिइन् । विनोदिनीले ८० भन्दा बढी नाटकमा अभिनय गरेकी थिइन् ।

प्रदीपको फिल्ममा अभिनय गर्दै दीपिका

दीपिकाले अभिनेत्री ऐश्वर्य राय बच्चनसँग भेटघाट गरिसकेकी छिन् । फिल्ममा ऐश्वर्यको पनि अभिनय रहनेछ ।


केही महिनाअघि फिल्म निर्माण टिमले दीपिकालाई स्क्रिप्ट सुनाएका थिए । दीपिकाले स्क्रिप्ट मन पराइन् । ऐश्वर्यले पनि स्क्रिप्ट मन पराएकी छिन् । यसअघि विनोदिनीको जीवनीबारे विभिन्न डकुमेन्ट्री बनेका छन् ।


दीपिकाले 'छपाक' पछि कुनै फिल्म घोषणा गरिसकेकी छैनन् । प्रदीप सरकारको फिल्मपछि भने सिद्धान्त चतुर्वेदीसँग नयाँ फिल्म गर्ने बताइएको छ ।

प्रकाशित : माघ ५, २०७६ १२:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?