२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

जता सौगात, उतै सृष्टि

काठमाडौँ — डेब्यू फिल्म 'गाजलु'बाट मिस नेपाल सृष्टि श्रेष्ठले अभिनयमा आशा देखाएकी थिइन् । अनमोल केसीको स्टारडमको छायामा परिनन् । तर, पछिल्लो समय उनी अभिनयभन्दा पनि अभिनेता सौगात मल्लसँगकाे प्रेम सम्बन्धले चर्चामा छिन्।

जता सौगात, उतै सृष्टि

यो प्रेमिल जोडी पहिलोपटक फिल्म 'पोइ पर्‍यो काले'मा एकसाथ देखिएको थियो । यसपछि सौगातको मुख्य भूमिका रहेको फिल्म 'माछा माछा' आइटम डान्स गरिन् । तर न फिल्मलाई फलदायी भयो, न सृष्टिलाई ।

तर, 'माछा माछा' रिलिज अगावै 'मासुभात'मा अभिनय गरेका थिए । तर, यसको रिलिजको टुङ्गो छैन । यधपि सौगातले हरेक फिल्ममा सृष्टिलाई सिफारिस गर्ने गरेको चर्चा सुनिन्छ । यतिबेला यो जोडी 'माइकल अधिकारी'मा श्रीमान श्रीमतिको भूमिकामा देखिँदैछन् । रियल लाइफका यी जोडीलाई पर्दामा भने खासै दर्शकले रुचाएको भेटिँदैन। बक्स अफिसमा फ्लप भएको 'पोइ पर्‍यो काले' पछिल्लो उदाहरण हो ।

कतिसम्म भने सृष्टिलाई खेलाउन निर्माण पक्ष राजी नभएपछि 'चपली हाइट–२'बाट सौगातले हात झिकेका थिए । फिल्म क्षेत्रमा स्टार कहलिएका कलाकारको यो ‍अव्यवसायिक प्रवृति देखाउनु कतिको उचित हुन्छ ? अनि सृष्टिकै हकमा प्रेमीसँग मात्र फिल्म खेल्न थालेपछि करियर र साख कता पुग्ला ?

भलै यो जोडीले एक अर्कालाई सिफारिस गर्ने आरोप इन्कार गर्दै आएको छ ।

प्रकाशित : माघ ३, २०७६ १८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?