१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

'जोकर' फिनिक्सलाई क्रिटिक्स च्वाइस

एजेन्सी

काठमाडौँ — ओस्कर अवार्डको मनोनयन सार्वजनिक भएकै दिन वितरण गरिएको क्रिटिक्स च्वाइस अवार्डमा क्विन्टन टेरन्टिनोको फिल्म 'वन्स अपन अ टाइम इन हलिउड' उत्कृष्ट घोषित भएको छ । सन् १९६९ आसपासको हलिउडमाथिको यो फिल्मले उत्कृष्ट फिल्मका साथै पटकथा (क्विन्टन), सहअभिनेता ब्रड पिट र प्रोडक्सन डिजाइनको अवार्ड पायो ।

'जोकर' फिनिक्सलाई क्रिटिक्स च्वाइस

ओस्कारभन्दा पहिले हुने क्रिटिक्स च्वाइसबाटै ओस्करको अनुमान लगाउने गरिन्छ । यस कारण पनि समीक्षकहरुको यो अवार्डको चर्चा निकै हुनेगर्छ ।

उत्कृष्ट अभिनेताको अवार्ड भने 'जोकर'का वाकिन फिनिक्सले हात पारे । हालै भएको गोल्डन ग्लोबमा पनि फिनिक्सले नै अवार्ड पाएका थिए । यसबाट ओस्करमा पनि फिनिक्सको संभावना बढेको बताइन्छ । अभिनेत्रीमा पनि गोल्डन ग्लोब जितेकै रेनी जेल्वेगरले 'जुडी'बाट अवार्ड पाइन् ।

अवार्डमा '१९१७'बाट साम मेन्डिस र 'प्यारासाइट'बाट बोङ जो हु उत्कृष्ट निर्देशक घोषित भए । सहअभिनेत्रीमा 'म्यारिज स्टोरी' कि लाउरा ड्रेनले बाजी मारिन् । मार्टिन स्कोरसेजीको चर्चित नेटफ्लिक्स ड्रामा 'दी आइरिसम्यान' ले इन्सेम्बल्ड कास्टको अवार्डमै चित्त बुझाउनु पर्‍यो ।

'१९१७' सिनेम्याटोग्राफी र सम्पादनमा उत्कृष्ट घोषित भयो भने मार्वलको 'एभेन्जर्स: इन्ड गेम' ले भिजुअल इफेक्ट्स र एक्सन फिल्मको अवार्ड पायो । कमेडीमा 'डोलेमाइट इज माइ नेम' तथा साइन्स फिक्सन वा हररमा 'अस' उत्कृष्ट भए । 'जोकर'ले पार्श्व संगीतमा बाजी मार्दा कोरियाको 'प्यारासाइट'ले विदेशी भाषाको फिल्मको अवार्ड पायो।

प्रकाशित : पुस २९, २०७६ १४:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?