'सामाजिक सञ्जालले स्टाडरमको युग मेटाइदियो'

कान्तिपुर संवाददाता

काठमाडौँ — बलिउड अभिनेता अजय देवगन अहिले फिल्म 'तानाजी'को व्यवसायिक सफलतामा रमाइरहेका छन् । ओम राउतद्वारा निर्देशित फिल्मलाई उनी आफैंले निर्माण गरेका हुन् । फिल्ममा उनीसँगै अभिनेत्री काजोल र सैफअली खानको अभिनय छ । सयौं फिल्म भएको कारणले पनि 'तानाजी' अजयको लागि विशेष फिल्म हो ।

फिल्मलाई बलिउड दर्शकले रुचाएका छन् । लामोसमयपछि पर्दामा यी काजोल र अजयको जोडी दर्शकले हेर्न पाएका छन् । सामाजिक सञ्जालमाअजयलाई अभिनयको तारिफ गर्नेहरु बढेका छन् ।

अजय भने सामाजिक सञ्जाल स्टारको स्टारडममाप्रभाव पारिरहेको तर्क गर्छन् । हालै उनले भारतीय मिडियालाई भने 'सामाजिकसञ्जालले स्टारडमको युग सिध्याइदिएको छ । कलाकार आफैंले पनि आफ्ना विषयमा सामाजिकसञ्जालमा जानकारी लेखेर प्रभाव थप घटेको हो । हामी आफैं सोच्थ्यौं स्टार कसरी जिवनबिताउँछन्, तरअहिले स्टार आफूजस्तै रहेको उनीहरु सोच्छन् ।'

अजयले आफू सामाजिक सञ्जालमा अन्य कलाकार झैंत्यति सक्रिय नरहेको बताउँछन् । अजय अब 'भूज : द प्राइड अफ इन्डिया' मादेखिँदैछन् । फिल्ममा उनीसँगै सोनाक्षी सिन्हा र सञ्जय दत्तको अभिनय रहनेछ ।

प्रकाशित : पुस २९, २०७६ १३:०५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

चार दिनमा 'तानाजी'को व्यापार ७५ करोड, 'छपाक'लाई २१ करोड

एजेन्सी

शुक्रबार रिलिज भएका दुई हिन्दी फिल्म 'तानाजी' र 'छपाक'को राजनीतिक मोर्चामा प्रतिस्पर्धा भएपनि बक्स अफिसमा भने खासै प्रतिस्पर्धा भएको छैन । जवाहरलाल नेहरु विश्वविद्यालयमा भएको विद्यार्थीको सरकारविरोधी प्रदर्शनमा सहभागी भएको भन्दै सत्तारुढ दलले दीपिका पादुकोणको फिल्म बहिस्कार गर्ने अभियान चलाएको छ ।


यसका बाबजुद दीपिकाको फिल्म 'छपाक'ले चार दिनमा भारतभरी २१.२७ करोडको व्यापार गरेको छ । एसिड आक्रमणमा परेकी किशोरी लक्ष्मी अग्रवालको कथामा बनेको फिल्म पहिलो दिनदेखि नै अजय देवगनको 'तानाजी' को तुलनामा व्यापारमा कमजोर देखिएको थियो। 'छपाक'को बजेट पनि सानो छ भने यसले पाएको कुल हलको संख्या पनि थोरै छ ।

अजय देवगन-सैफअलि खान- काजोलको 'तानाजी'ले चार दिनमा करीब ७५.६८ करोड कमाएको छ । चौथो दिन 'छपाक' ले करिब २ करोडको व्यापार गर्दा 'तानाजी'ले १२ करोडको व्यापार गर्‍यो । बजार बिश्लेषकहरुले यही अनुपातमा गए 'तानाजी' पहिलो हप्ता नै सय करोड क्लबमा प्रवेश गर्ने अनुमान गरेका छन् ।

प्रकाशित : पुस २९, २०७६ १२:४८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×