१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

चार दिनमा 'तानाजी'को व्यापार ७५ करोड, 'छपाक'लाई २१ करोड

एजेन्सी

शुक्रबार रिलिज भएका दुई हिन्दी फिल्म 'तानाजी' र 'छपाक'को राजनीतिक मोर्चामा प्रतिस्पर्धा भएपनि बक्स अफिसमा भने खासै प्रतिस्पर्धा भएको छैन । जवाहरलाल नेहरु विश्वविद्यालयमा भएको विद्यार्थीको सरकारविरोधी प्रदर्शनमा सहभागी भएको भन्दै सत्तारुढ दलले दीपिका पादुकोणको फिल्म बहिस्कार गर्ने अभियान चलाएको छ ।

चार दिनमा 'तानाजी'को व्यापार ७५ करोड, 'छपाक'लाई २१ करोड

यसका बाबजुद दीपिकाको फिल्म 'छपाक'ले चार दिनमा भारतभरी २१.२७ करोडको व्यापार गरेको छ । एसिड आक्रमणमा परेकी किशोरी लक्ष्मी अग्रवालको कथामा बनेको फिल्म पहिलो दिनदेखि नै अजय देवगनको 'तानाजी' को तुलनामा व्यापारमा कमजोर देखिएको थियो। 'छपाक'को बजेट पनि सानो छ भने यसले पाएको कुल हलको संख्या पनि थोरै छ ।

अजय देवगन-सैफअलि खान- काजोलको 'तानाजी'ले चार दिनमा करीब ७५.६८ करोड कमाएको छ । चौथो दिन 'छपाक' ले करिब २ करोडको व्यापार गर्दा 'तानाजी'ले १२ करोडको व्यापार गर्‍यो । बजार बिश्लेषकहरुले यही अनुपातमा गए 'तानाजी' पहिलो हप्ता नै सय करोड क्लबमा प्रवेश गर्ने अनुमान गरेका छन् ।

प्रकाशित : पुस २९, २०७६ १२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?