लालबहादुर गन्धर्वको सारंगी साँझ 

काठमाडौँ — गोरखाका गायक लालबहादुर गन्धर्व आज (शनिबार) राजधानीका स्रोता–दर्शकमाझ गुन्जिने भएका छन् । ७५ वर्षिय गन्धर्व गोरखाको घ्य्याम्पेसालबाट राजधानीमा दोस्रोपटक गायनका लागि आएका हुन् ।

लालबहादुर गन्धर्वको सारंगी साँझ 

पहिलोपटक उनी पञ्चायतकालमा जनकविकेशरी धर्मराज थापाले गरेको राष्ट्रिय गन्धर्व सम्मेलनमा सहभागी हुन आएका थिए । यसपटक उनको एकल साँझ प्रज्ञा प्रतिष्ठानमा हुँदैछ ।


आफ्ना पितामार्फत् विरासतमा प्राप्त नब्बे सालको भूइँचालको कर्खा, विश्वयुद्धमा लड्न गएर उतै बेपत्ता लोग्नेको यादले विह्वल नारीको वेदनाको सवाई, गाउँले दुखियाहरुको अनेकन पीरमर्काहरुको गीत गाउने गायकका रुपमा उनी परिचित छन् ।


शताब्दीऔं लामो समयदेखि नेपाली पहाडी भेग गन्धर्वहरुको गलाबाट प्रष्फुटित अनेकन कर्खा, सवाई, गायनहरुमा आफ्नो समयको कथा गुनेर बाँचिआएको छ । सर्वसाधारणको दुख, पीडा, हाँसो, खुशीदेखि युद्ध र लडाईका त्यस्ता सवाईहरु, कर्खा र लोकभाकाहरु नेपाली ग्रामीण जीवनको अलिखित इतिहास पनि हुन् । ती इतिहासलाई लालबहादुरले सुनाउनेछन् ।


पृथ्वीनारायण शाहको जीवनी, जङ्गबहादुरको सत्ता उत्थान, नब्बे सालको महाभूकम्प, विश्वयुद्ध, डाँफे चरी लगायतका अनेकन कर्खा, सवाई उनले रेडियो नेपालबाट गायका थिए ।

प्रकाशित : पुस २६, २०७६ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?