कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

२०१९ का उत्कृष्ट पाँच अभिनेता

एजेन्सी

वर्ष २०१९ समाप्त हुँदै गर्दा बलिउडमा यस वर्षको समीक्षा सुरु भएको छ । वर्ष समीक्षामा वर्षका उत्कृष्ट अभिनेताबारे चर्चा नहुने कुरै भएन । 
दैनिक पत्रिका इन्डियन एक्सप्रेसले यस वर्षका उत्कृष्ट अभिनेताहरुको सूची बनाएको छ । रोचक कुरा के छ भने वर्षभरी धेरै कमाउने र एउटै फिल्मका ४०–५० करोड लिने सलमान खान, अजय देवगन, अक्षय कुमारजस्ता अभिनेता यो सूचीमा छैनन् । 

२०१९ का उत्कृष्ट पाँच अभिनेता

आयुष्मान खुराना

यो सूचीमा पहिलो नम्बरमा छन्– आयुष्मान खुराना । यस वर्ष खुरानाका ‘आर्टिकल १५’, ‘ड्रिम गर्ल’ र ‘बाला’ प्रदर्शनमा आए । यी तीनै फिल्मले समीक्षकको प्रशंसा मात्र पाएनन्, बक्स अफिसमा पनि हिट भए । वर्षको अन्त्यतिर आएको ‘बाला’ आयुश्मानको लगातार सातौं हिट फिल्म भयो ।

परम्परात भूमिकाभन्दा फरक रुपमा देखिन सक्ने र आफ्नो अभिनय क्षमताको परीक्षण गर्न नडराउने अभिनेताका रुपमा आयुष्मानलाई यो पुस्ताको आमिर खान पनि भन्न थालिएको छ । आयुश्मानले ‘आर्टिकल १५’मा ग्रामीण दलितको अवस्था देखेर द्रवीत पुलिस अधिकारी, ‘ड्रिम गर्ल’मा महिलाको आवाज धेरैजनालाई प्रेम पासमा पार्ने युवा र ‘बाला’मा सानै उमेरमा कपाल झर्न थालेर समस्या भोगिरहेको युवाको भूमिकामा अभिनय गरेका छन् ।


रणवीर सिंह

रणवीर सिंह पनि यो वर्षका सफल अभिनेताका रुपमा उदाए । गत वर्ष सिम्बा र पद्मावत दुई नितान्त फरक किसिमका फिल्ममा देखिएका रणवीर यो वर्ष जोया अख्तरको ‘गली ब्वाई’ देखिए । अन्डरगाउन्ड र्यापरको विषयमा बनेको यो फिल्मको प्रिमियर प्रसिद्ध बर्लिन फिल्म फेस्टिभलमा गरिएको थियो ।

हालै भएको स्क्रिन अवार्डमा रणवीर आयुष्मानसँगै यसका लागि उत्कृष्ट अभिनेताको अवार्ड पनि पाए । यो फिल्मलाई भारतले ओस्करमा पठाएको थियो । तर, यो उत्कृष्ट १० मा भने पर्न सकेन ।


विक्की कौशल

भारतले पाकिस्तानको सीमामा गरेको सर्जिकल स्ट्राइकमाथि बनेको फिल्म ‘उरी’ले यो वर्ष विक्कीलाई सफल अभिनेता बनाइदियो । गत वर्ष आलिया भट्टसँग आएको मेघना गुलजारको ‘राजी’ले उनलाई सफल बनाएको थियो । यसअघि उनी निरज घेवानको फिल्म ‘मसान’बाट चर्चित भएका थिए । ‘उरी’मा सर्जिकल स्ट्राइकको नेतृत्व गर्ने अफिसरको रुपमा उनी निकै प्रशंसित भए ।


अमिताभ बच्चन

पछिल्लो समय मेघास्टार अमिताभ बच्चनले सानो बजेटका ठूलो प्रभाव पार्ने फिल्महरुमा अभिनय गरिरहेका छन् । ‘पिंक’ पछि यो वर्ष उनी यस्तै फिल्म ‘बदला’मा देखिए । स्पेनको फिल्म ‘दि इनभिजिबल गेस्ट’को एडप्टेसन ‘बदला’ यस्तै फिल्म थियो । ‘पिंक’पछि तापसी पनु र बच्चन यसमा सँगै देखिएका थिए । सुजय घोषको यो मर्डर मिस्ट्रीले राम्रो समीक्षा पाउनुका साथै व्यापार पनि राम्रो गरेको थियो । यस वर्ष बच्चनको बलिउडमा ५० वर्ष पनि पूरा भएको छ ।


मनोज बाजपेयी


मनोज बाजपेयी बलिउडका जति ठूला स्टार हुन्, त्योभन्दा धेरै राम्रा अभिनेता हुन् । नवाजुद्धिन सिद्दकीदेखि पंकज त्रिपाठीजस्ता अभिनेताहरुलाई प्रेरणा दिने बाजपेयी यो वर्ष अभिषेक चौबेको फिल्म ‘सोनचिरैया’मा देखिए । सुशान्त सिंह राजपुत, भूमि पेडनेकरजस्ता कलाकार भएपनि यो फिल्मको मूख्य पात्र बाजपेयी नै थिए । चम्बलका डाँकुहरुको कथामा बनेको यो फिल्ममा बाजपेयी डाँकु मानसिंहको भूमिकामा थिए । रोचक कुरा त के छ भने करिअरको सुरुतिर शेखर कपुरले बनाएको फुलनदेविको जीवनकथा ‘ब्यान्डिट क्विन’मा पनि बाजपेयी मानसिंहै भूमिकामा थिए ।

यिनका अलावा यो वर्ष 'कवीर सिंह'बाट साहिद कपुर, 'फोटोग्राफ' का नवाजुद्दिन सिद्दिकी पनि चर्चित र सफल रहे ।

प्रकाशित : पुस १, २०७६ २१:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?