१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

सलमान होइन, रणदीप थिए खास दबंग

एजेन्सी

बलिउडको सबभन्दा ठूलो हिट फ्रान्चाइज मध्ये एक हो– दबंग । दुइटा निकै हिट पछि दबंगको तेस्रो भाग आउने साता रिलिज हुँदैछ । यही फिल्मले सलमान खानलाई ५० वर्षको उमेरमा एक्सन हिरोका रुपमा बलिउडमा झन् माथि पुर्‍यायो ।

सलमान होइन, रणदीप थिए खास दबंग

तर, सोच्नुस् यदि यो भूमिकामा सलमान बाहेक अरु कोही हुन्थ्यो भने कस्तो लाग्थ्यो ? त्यो पनि जम्मा दुई करोड बजेटको फिल्म ?


हालै सलमानले नै एक समारोहमा ‘दबंग’को निर्माण कथा सुनाउँदा शुरुमा यो भूमिका रणदीप हुडाका लागि लेखिएको बताए । ‘मलाई अरबाज (उनका भाइ तथा दबंगका निर्माता)ले यसको कथा सुनाउँदा दबंग निकै डार्क स्क्रिप्ट थियो । चुलबुल पाण्डे खलनायक जस्तो थियो । फिल्ममा कुनै गीत थिएन, एक्सन सिन थिएन । जम्मा दुई करोडमा रणदीप हुडालाई लिएर बनाउने भन्ने अभिवन (दबंगका निर्देशक अभिनव कश्यप) र अरबाजको सोच रहेछ’ उनले भनेका छन् ।


यो कथा सुनेको सात आठ महिनापछि सलमानले फेरि स्क्रिप्ट सुने । त्यसपछि स्क्रिप्टमा निकै धेरै फेरबदल गरियो, जसमा निर्देशक अभिनव पनि राजी भए । अनि बन्यो– सलमानको ‘दबंग’ ।

प्रकाशित : मंसिर २९, २०७६ १३:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?