नम्बर १ हिरोइन को ?

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वस्तिमा खड्का, वर्षा राउत, सृष्टि श्रेष्ठ, साम्राज्ञी शाह र प्रियंका कार्की अहिलेका चलेका अभिनेत्रीमा पर्छन् । पछिल्ला वर्षहरुमा केकी अधिकारी र नम्रता श्रेष्ठसँगै यिनै अभिनेत्रीहरुको बोलबाला छ ।

ZenTravel

अब भने यीमध्ये को नम्बर एक भन्ने प्रतिस्पर्धा हुने भएको छ, कामनाले गर्ने फिल्म अवार्डमा। कामनाले ३२ विधामा दिने अवार्डमध्ये एउटा लोकप्रिय अभिनेत्रीको हुने र यसमा यी पाँच जना मनिनत भएको जनाएको छ। दर्शकको मतका आधारमा यसको छिनोफानो हुने पनि आयोजकले जनाएको छ। अवार्ड पुस १९ गते काठमाडौंमा हुँदैछ।


प्रकाशित : मंसिर २५, २०७६ २१:३५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

प्रधानमन्त्रीले सागमा पदक जित्ने खेलाडीलाई यसरी गरे नगद पुरस्कार घोषणा

कान्तिपुर संवाददाता

काठमाडौँ — १३ औं सागमा कास्य पदक जित्नेलाई सरकारले ३ लाख र रजत जित्नेलाई ६ लाख दिने भएको छ। स्वर्ण जित्ने प्रत्येक खेलाडीलाई ९ लाख रुपैयाँ दिने भएको छ । यो सागमा दुई वा दुई भन्दा बढी स्वर्ण जित्ने खेलाडीले जनही ११ लाखका दरले नगद पाउने छन् भने टिम गेममा जित्नेले ५–६ लाख पाउनेछन् । स्वर्ण जित्ने खेलाडीका प्रशिक्षकले पनि ५ लाख पाउनेछन् ।


बुधबार सागका पदक विजेता खेलाडीलाई बोलाएर प्रधानमन्त्री केपी ओलीले आफ्नै निवासमा यो घोषणा गरेका हुन्। मंगलबार सम्पन्न सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक जितेको छ।

प्रकाशित : मंसिर २५, २०७६ २१:१०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×