कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

गीत र खाना सँगसँगै

काठमाडौँ — ल्होछारको पूर्वसन्ध्यामा तामाङ समुदाय मौलिक खाना र गीत–संगीतको प्रवर्द्धनमा जुटेको छ । 

गीत र खाना सँगसँगै

शुक्रबारदेखि राजधानीको बौद्धस्थित ह्यात होटल परिसरमा दुईदिने ‘तामाङ सेलो गीत संगीत तथा खाना महोत्सव’ हुँदै छ । तामाङ समुदायको मौलिक गीत परम्परासँगै खाना संस्कृति प्रवर्द्धन गर्न महोत्सव हुन लागेको आयोजक तामाङ कलाकार संघका अध्यक्ष सञ्जीव वाइबाले बताए ।


‘नयाँ पुस्तामा मौलिक ज्ञान हस्तान्तरणका लागि पनि यो महोत्सव अर्थपूर्ण बन्नेछ,’ उनले भने । महोत्सवमा ख्यातिप्राप्त गायक/गायिका रोज मोक्तान, चन्द्रकुमार दोङ, जयनन्द लामा, कुन्ती मोक्तान, चन्द्रकुमार मोक्तान, राजु लामा, इन्दिरा गोले, प्रेम लोप्चन, अभिनाश घिसिङ, लालबहादुर वाइबा, माया लामा दोङ, जमुना योञ्जन, मानबहादुर दोङ, इन्दिरा योञ्जन, तुलसा वाइबा, विजय लामा, चन्द्र वाइबालगायतले गीत गाउने संघका वरिष्ठ उपाध्यक्ष विश्व दोङले जनाए । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा संघका पूर्व अध्यक्ष तथा गायक/संगीतकार चन्द्रकुमार दोङले ‘सेलो संगीतलाई संसारभर प्रवर्द्धन गर्ने गोपाल योञ्जनको सपना साकार हुँदै गरेको’ बताए ।


पत्रकार सम्मेलनमा तामाङ कलाकार संघका अध्यक्ष सञ्जीव वाइबा ।


महोत्सवमा सेलोसँगै रसुवा, नुवाकोट र धादिङमा प्रचलित म्हेन्दोमाया, सिन्धुपाल्चोकमा प्रचलित खान्दुके सेलोजस्ता लोकभाका पनि प्रस्तुत हुने संघका सचिव रोशन फ्युबाले बताए ।

प्रकाशित : मंसिर २५, २०७६ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?