३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

त्रिशला र रोहितको ‘काठमान्डु सहर’

काठमाडौँ — टुबोर्ग ओपन सेसन्स् २ को मञ्चमा त्रिशला गुरुङले रोहित शाक्यको सहकार्यमा हिट गीत ‘काठमान्डु सहर...’ को लाइभ प्रस्तुति दिएकी छन् । गीतलाई रोहितले नयाँ सांगीतिक भाव दिई प्रस्तुत गरेका छन् । 

राजधानी सहरबाट प्रेरित उक्त गीतले त्रिशलाको नजरबाट काठमान्डुको सुन्दरता, मानिस र यादहरूको कथा बताउँछ । गीतले त्रिशलाको सुरिलो आवाज र रोहितको सांगीतिक जादूलाई एकसाथ प्रस्तुत गरेको छ । सानैदेखि संगीतमा रुचि राख्ने त्रिशला प्रशंसित गायिका हुन् भने नेपाली सांगीतिक बजारमा छुटाउन नमिल्ने नाम हो रोहित शाक्य । शाक्य लोकप्रिय प्रोग्रेसिभ–अल्टरनेटिभ रक ब्यान्ड ‘जिन्दावाद’ का सदस्य पनि हुन् । पछिल्लो नेपाली सांगीतिक बजारमा उनलाई एक सफल युवा प्रतिभा मानिन्छ । टुबोर्ग ओपन सेसन्स्को यस सिजनका निर्माताहरूमध्ये रोहित पनि एक हुन् ।


टुबोर्गको संगीतसँग लामो र गर्विलो सम्बन्ध रहेको छ जसले नयाँ शैली र कलाकारलाई नयाँ बजारमा चिनाउन मद्दत गरेको छ । पुराना साथै नयाँ कलाकारलाई आफ्नो संगीत विश्वव्यापी रूपमै धेरै दर्शकमाझ पुर्‍याउने मञ्चको निर्माण गर्न टुबोर्गको योगदान छ । च्यानल आरबिट्ररीद्वारा सञ्चालन हुने टुबोर्ग ओपन सेसन्स् २०१८ मा सुरु भएको एक युट्युब सिरिज हो । पहिलो संस्करणमा अपलोड गरिएको ५१ वटा गीतको सफलतापछि अहिले दोस्रो संस्करण जारी छ ।


प्रकाशित : मंसिर २४, २०७६ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?