कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

‘नग्नता संस्कारले दिँदैन’

काठमाडौँ — अमेरिकी मोडल नरगिस फाख्रीलाई भारतीय फिल्म निर्देशक इम्तियाज अलीले फिल्म ‘रकस्टार’ मा डेब्यु गराउँडै बलिउड भित्र्याएका थिए । किङफिसरको क्यालेन्डर फोटोसुटमा नरगिसको सुन्दरतादेखि प्रभावित इम्तियाजले भाषाको समस्याका बाबजुद पनि नरगिसलाई रणवीर कपुरको अपोजिटमा ब्रेक दिएका थिए । फिल्मले प्रशंसा र पैसा दुवै बटुल्यो । 

‘नग्नता संस्कारले दिँदैन’

नरगिसको अभिनयको भन्दा ज्यादा सुन्दरताको तारिफ भयो । त्यसपछि छिटपुट फिल्महरू पाइरहिन् । हलिउड फिल्म ‘स्पाई’ समेत खेलिसकेकी नरगिस आफूलाई ग्लोबल सिटिजन भन्न रुचाउँछिन् । कारण, उनी पाकिस्तानी बुबा र चेक आमाकी सन्तान हुन्, जो अमेरिकामा मोडलिङपछि बलिउडमा अभिनयमा लागिन् । हालैको एक अन्तरवार्तामा नरगिसले आफू बलिउड आउनुको कारण खुलाएकी छन् ।


‘बलिउड फिल्ममा यौनका दृश्य नहुने भएकैले म यहाँ फिल्म खेल्न आएकी हुँ,’ नरगिसले आफ्नो आदर्श, विचारधारा र नैतिकताले यौनजन्य दृश्य भएका फिल्म खेल्न नदिने तर्क गरेकी छन् । भनेकी छन्, ‘म फिल्म खेल्न बलिउड आएकोमा निकै खुसी थिएँ । किनकि त्यहाँका फिल्ममा सेक्स सिनहरू हुँदैनथे । र, मैले आफूलाई फिल्मको बहानामा क्यामेरा अघि नंग्याउन परेन ।’ उनले एक एडल्ट स्टार ब्रिट्नी डेला मुरसँगको कुराकानीमा यस्तो धारणा व्यक्त गरेकी हुन् । नरगिसले आफ्नो मूल थलो पाकिस्तान भएकोले पनि भारतसँग कला, संस्कृति मिल्ने भएकोले बलिउड प्रवेश सुखद रहेको बताइन् ।


कुराकानीकै क्रममा आफूलाई एडल्ट म्यागाजिन प्लेब्वाईले समेत कभर फोटोसुटका लागि मोटो रकमसहित अफर गरेको खुलासा गरिन् । भनिन्, ‘जब म मोडलिङ गरिरहेकी थिएँ । त्यसबेला प्लेब्वाई म्यागाजिनले कलेज संस्करणका लागि फोटोसुटका लागि केही मोडलहरू खोजिरहेको रहेछ । मेरो एजेन्टमार्फत् उक्त म्यागाजिनले मलाई मनग्गे पैसा दिएर फोटोसुट गराउन चाहेको थियो । तर मैले मानिनँ किनभने त्यस्तो काममा जति नै धेरै पैसा आउने भए पनि मलाई नग्न बन्न मेरो संस्कारले दिँदैन ।’ – एजेन्सी


प्रकाशित : मंसिर १८, २०७६ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?