रामकृष्णको ‘नजिक आउनुमा...’

काठमाडौँ — लोकप्रिय गायक रामकृष्ण ढकालको ‘नजिक आउनुमा...’ गीत टुबोर्ग ओपन सेसन्स् २ मा सार्वजनिक भएको छ । ढकाल निकै प्रतिभाशाली गायक हुन् । ढकालले आफ्नो लामो सांगीतिक यात्रामा हालसम्म करिब ५ हजार बढी मौलिक गीत गाएका छन् । 

विसं २०५५ मा प्रवल गोर्खा दक्षिण बाहुद्वारा सम्मानित हुने प्रतिभामा सबैभन्दा सानो उमेरको उनी थिए । आफ्नो परिवारमा कुनै सांगीतिक पृष्ठभूमि नभएका ढकालले स्वरसम्राट्, नारायणगोपालको लोकप्रिय गीत गाउन थाल्दै आफ्नो सांगीतिक यात्रा सुरु गरेका थिए ।


करिब ३ दशकदेखिको निरन्तर मिहिनेत र धैर्यका साथ ढकालले आफ्नो नाम नेपाली आधुनिक संगीतको इतिहासमा लेख्न सफल भएका हुन् ।


नेपाली संगीत बजारमा हिट रहेका उनका सबै एल्बमले श्रोतालाई एकै समयमा मुस्कुराउने र रुवाउने गरेको छ । आफ्नो संगीतको जादू विश्वभर प्रस्तुत गरेका ढकालले टुबोर्ग ओपन सेसन्स्को मञ्चमा उनको हिट ‘नजिक आउनुमा...’ प्रस्तुत गरेका हुन् ।


टुबोर्ग ओपन सेसन्स् २ एक युट्युब सिरिज हो जसमा, विभिन्न प्रसिद्घ कलाकारहरूको स्टुडियोमा प्रत्यक्ष रेकर्ड गरिएको सिर्जना प्रस्तुत गरिन्छ । टुबोर्ग ओपन सेसन्स् सिजन १ मा ५१ वटा गीत च्यानल आरबिट्ररीमार्फत् युट्युबमा अपलोड गरिएको थियो जसले १ करोडभन्दा बढी भ्युज संकलन गरेको छ ।


प्रकाशित : मंसिर १७, २०७६ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?