‘चपली हाइट ३’ मा स्वस्तिमा

ललितपुर — फिल्म ‘चपली हाइट ३’ को मंगलबार ललितपुरस्थित कार्यविनायक मन्दिरमा मुहूर्त गर्दै निर्माण घोषणा गरिएको छ । अर्जुनकुमारको निर्माण रहने उक्त फिल्मलाई निकेश खड्काले निर्देशन गर्ने भएका छन् । फिल्ममा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतीक श्रेष्ठ मुख्य भूमिकामा हुनेछन् भने दयाहाङ राई र अर्पण थापा पनि विशेष भूमिकामा रहने निर्माण पक्षले जानकारी दियो ।

‘चपली हाइट ३’ मा स्वस्तिमा

‘मैले यसअघि गरेका फिल्म र चरित्रभन्दा यो अलिक फरक खालको छ,’ कार्यविनायकमा पूजापाठपछिको कुराकानीमा अभिनेत्री खड्काले भनिन्, ‘त्यसैले पनि म अझै पूर्णत: तयार भइसकेकी छैन । अलि कन्फ्युज्ड नै छु । सम्भवत: फिल्म फ्लोरमा जाँदासम्म यसमा प्रस्ट हुनेछु ।’


क्राइम थ्रिलर जानराको उक्त फिल्म एक दुर्घटनापछिको हत्या र हत्याराको खोजीमा केन्द्रित छ । बिहीबारदेखि छायांकनमा जाने बताइएको फिल्म काठमाडौंवरिपरि नै खिचिने बताइएको छ । पुरुषोत्तम प्रधानको छायांकन रहनेछ ।

प्रकाशित : मंसिर ४, २०७६ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?