“दिल खोलेर हाँस्छन् थारू महिला”

(बाँके) — वनभोज खाएपछि तन्नेरीहरू डेग बजाउँदै नाच्न थाले । थारू समूहकी मुखिया (बड्गर) कमला थारूले भने एकाएक मादल छोपिन् र अलि पर गएर बजाउन थालिन् । उनले बजाउँदै गर्दा अरू पनि वरिपरि झुम्मिए । उनकै तालमा ताल मिलाउँदै नाच्न थाले । नाचसँगै उनीहरूको मुहारमा हाँसो झल्किन थाल्यो । ‘दिल खोलेर हाँस्छे थरुनी, मज्जाले नाच्छे थरुनी,’ थारू लबजमा कमलाले ठट्टा गर्दै भनिन्, ‘थारू समुदायमा महिलाको जीवनशैली बेग्लै छ । नाच्न, गाउन, हाँस्न, रमाउनसँगै काम गर्न कुनै सामाजिक छेकबार छैन ।’



(दोलखा) — कुनै समय थाङ्का चित्र गुम्बाका भित्तामा सजिन्थे । बुद्ध मात्रै हैन, भृकुटीदेखि पद्मसम्भवसम्मका चित्र सजाएर नियमित पाठपूजा गरिन्थ्यो । अचेल थाङ्का चित्रको आयाम गुम्बाबाहिर पनि फराकिलो बनेको छ । अब यो घर सजाउने कला पारखीको रोजाइमा मात्रै परेको छैन, धार्मिक पर्यटन प्रवर्द्धन गर्ने गजबको माध्यम पनि बनेको छ । भारत, भुटान, चीनदेखि जापानसम्म यसको बजार फैलिएको छ भने मुलुकभित्र थुप्रै थाङ्का चित्रकलाका प्रतिभा जन्मिरहेका छन् । यस्तै प्रतिभाको खोजी गर्दै यतिबेला दोलखामा ‘थाङ्का–पौभा चित्र कार्यशाला’ चलिरहेको छ ।

