१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

स्वप्न सुमनको ‘म तिम्रो’

काठमाडौँ — ‘यो गीत मजस्तै परीहरूको कथामा विश्वास राख्ने सबैका लागि हो,’ आफ्नो गीत टुबोर्ग ओपन सेसन्स् २ मा सार्वजनिक गर्दै स्वप्न सुमनले भने । उनले गीतका शब्दहरूले प्रेम भाव समेटेको बताए । टुबोर्ग ओपन सेसन्स् २ को प्रस्तुतिमा स्वप्नको सुमधुर स्वरलाई रोहित शाक्यको एरेन्जमेन्टले पनि थप निखार ल्याएको छ । 

गायन, गीत लेखन र वाद्यवादनमा एकसाथ चिनिएका सुमनका कभर भिडियोहरू युट्युबमा चल्न थालेपछि लोकप्रियता बढ्दै गएको हो । उनको युट्युबमा १२० हजारभन्दा बढी सब्स्क्राइबर छन् भने, इन्स्टाग्राममा १३६ हजारभन्दा बढी फलोअर्स छन् । सानैदेखि संगीतमा रुचि राख्ने काठमाडौंका सुमनले सांगीतिक यात्रा व्यावसायिक रूपमा कर्मा रेकर्डस्सँग सुरु गरेका थिए । पछि आरबिट्ररी रेकर्डिङस्सँग आबद्ध भए । आरबिट्ररी रेकर्डिङस्सँग उनले ‘कसरी भनूँ...’, ‘दी कफी सङ...’, ‘म तिम्रो...’ जस्ता हिट गीत रिलिज गरेका छन् ।


२०१८ मा युट्युबमा च्यानल आरबिट्ररीमार्फत सञ्चालन भएको टुबोर्ग ओपन सेसन्स्ले अपलोड गरिएको ५१ वटा गीतहरूबाट सफलतापूर्वक १ करोडभन्दा बढी भ्युज संकलन गरेको छ र यसपटक टुबोर्ग ओपन सेसन्स्को सिजन २ सुरु भएको छ ।

प्रकाशित : मंसिर ३, २०७६ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?