भाषाशास्त्रीलाई बुङवाखा

कान्तिपुर संवाददाता

काठमाडौँ — प्राध्यापक नोवलकिशोर राईलाई ‘बुङ्वाखा–विष्णु–मकर बान्तावा राष्ट्रिय पुरस्कार’ प्रदान गरिने भएको छ । राईद्वारा लिखित ‘बान्तवा व्याकरण’ कृतिका लागि ५१ हजार रुपैयाँको पुरस्कार प्रदान गर्ने निर्णय भएको  हो ।

सन् १९८९ मा ‘अ डिस्क्रिप्टिभ स्टडी अफ बान्तावा’ शीर्षकमा विद्यावारिधि हासिल गरेका राई बान्तावाले मातृभाषाको शोध, अध्ययन, अनुसन्धान तथा प्रकाशनमा योगदान पुर्‍याएका छन् ।




प्रकाशित : कार्तिक २८, २०७६ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?