छेन्दुमा नेपाल चिनारी

कान्तिपुर संवाददाता

काठमाडौँ — फोटोग्राफर तथा वृत्तचित्र निर्देशक देवेन्द्रबहादुर शाहीले यसै साता चीनको ऐतिहासिक सहर छेन्दुमा नेपाल चिनाउने तस्बिर प्रदर्शनी गरेका छन् । शाहीले १० वर्ष नेपालका विभिन्न स्थान घुमेर खिचेका ५० भन्दा बढी तस्बिरहरू प्रदर्शनीमा राखेका थिए । 

छेन्दुमा नेपाल चिनारी

नेपालको संस्कृति, भेषभूषा, जनजीवन र मनोरम दृश्यले चिनियाँहरूलाई लोभ्याएको शाहीले बताए । ‘नेपालका फरक तस्बिर देखेर उनीहरूले धेरै प्रश्न पनि गरे,’ उनले भने, ‘साह्रै चाखपूर्ण ढंगले प्रदर्शनी अवलोकन गरे ।’ शाहीसहित भारत, पाकिस्तान, बंगलादेश, भुटान र चिनियाँ फोटोग्राफरकासमेत तस्बिर प्रदर्शनीमा थिए ।


चीन सरकार, सिचुवान इन्टरनेसनल कल्चरल एक्स्चेज सेन्टर तथा यन्वा जिन्साको आयोजानामा फोटो प्रदर्शनी भएको हो । लाखौं चिनियाँले विभिन्न देशका तस्बिर समेटिएको प्रदर्शनी अवलोकन गरेका थिए । सिचुवान प्रान्तका मन्त्री, मेयर, व्यापारी, प्रतिष्ठित व्यक्तिहरूले समेत तस्बिर चासोपूर्वक हेरेका थिए ।

प्रकाशित : कार्तिक २०, २०७६ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?