न्यूयोर्कमा कबड्डी-३ हाउसफुल प्रदर्शन

कान्तिपुर संवाददाता

काठमाडौँ — चलचित्र कबड्डी कबड्डी कबड्डी न्यूयोर्कको गुलसन टेरेसमा भव्य प्रदर्शन गरिएको छ । 

न्यूयोर्कमा कबड्डी-३ हाउसफुल प्रदर्शन

मोक्तान डिजिटल र कलाकार एन्सर्ज गुरुङको व्यवस्थापनमा चलचित्र आइतबार (नोभेम्बर ३) मा हाउसफुल प्रदर्शन भएको हो । शो हेरेपर्छ दर्शकहरुले चलचित्र कमेडी, मौलिक खालको भएकोले राम्रो भएको प्रतिक्रिया जनाएका छन् ।


अरु चलचित्र प्रदर्शनभन्दा कबड्डी-३ प्रदर्शनमा देखिएको दर्शकको चापले न्यूयोर्कवासीमा नेपाली चलचित्रप्रति आकर्षण बढ्दै गएको नायिका एन्सर्ज गुरुङले बताइन् ।


उनीहरुले आगामी दिनमा कबड्डी ३ जस्तै चलचित्र बनेमा विदेशभूमिमा रहेका नेपालीलाई लोभ्याउन झनै सघाउ पुग्ने विश्वास व्यक्त गरेका थिए ।


चलचित्रमा नायक दयाहाङ राई, उपासना ठकुरी, माउत्से गुरुङ, विल्सनविक्रम राई, बुद्धि तामाङ लगायतका कलाकारको रोचक र मार्मिक अभिनय देख्न पाइन्छ ।

प्रकाशित : कार्तिक १९, २०७६ २१:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?