२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

मंकी टेम्पलको ‘हराउन चाहन्छु’

कान्तिपुर संवाददाता

काठमाडौँ — रक ब्यान्ड ‘मंकी टेम्पल’ को गीत ‘हराउन चाहन्छु...’ टुबोर्ग ओपन सेसन्स् २ मा प्रत्यक्ष रेकर्ड गरी सार्वजनिक भएको छ । च्यानल आरबिट्ररीको उक्त युट्युब शृंखलामा विभिन्न कलाकारका प्रस्तुति रहँदै आएको छ । 

मंकी टेम्पलको चौथो स्टुडियो एल्बम ‘अजम्बरी’ को तेस्रो गीत ‘हराउन चाहन्छु...’ अमेरिकी ब्यान्ड ‘क्यान्डल बक्स’ का पिटर क्लेटले रिमिक्स तथा रि–मास्टर गरेका हुन् भने गितारिस्ट दिपेश श्रेष्ठले संगीत भरेका हुन् । मंकी टेम्पलको नियमित सांगीतिक विधाभन्दा ‘हराउन चाहन्छु’ केही फरक आर एन्ड बी शैलीको रहेको छ । मंकी टेम्पल देशकै पहिलो अल्टरनेटिभ रक ब्यान्डहरूमध्ये एक हो ।


ब्यान्डमा भोकल्स तथा रिदम गीतारमा सरिन देउजा, लिड गितारमा दिपेश श्रेष्ठ, बेस गितारमा जेनिस महर्जन र ड्रम्समा प्रताप रिसाल रहेका छन् ।


प्रकाशित : कार्तिक १९, २०७६ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?