‘उरी : द सर्जिकल स्ट्राइक’ सर्वाधिक कमाइ

(एजेन्सी)

काठमाडौँ — बलिउडमा सन् २०१९ मा थुप्रै फिल्म हिट, सुपरहिट भए । स्टारकास्ट फिल्मले भन्दा सामान्य मानिएका अभिनेताका मध्यम बजेटका फिल्मले बक्स अफिसमा तहल्का मच्चाए । पछिल्लो समय बलिउडमा पनि ‘कन्टेन्ट’ बिक्न थालेको छ ।

हृत्तिक रोशन, टाइगर श्राफ अभिनित एक्सन फिल्म ‘वार’ ले अहिलेसम्म घरेलु बक्स अफिसमा मात्रै ३१४ करोड भारुको ग्रस कलेक्सन गर्दै यस वर्ष सर्वाधिक व्यापार गर्ने फिल्म तबनेको छ तर सर्वाधिक नाफा गर्ने फिल्मको सूचीमा भने ‘उरी : द सर्जिकल स्ट्राइक’ अगाडि छ ।

त्यसैगरी, प्रभास स्टारर ‘साहो’, सलमान खान स्टारर ‘भारत’, अक्षयकुमारको‘केशरी’ का बक्सअफिसमा व्यापार हेर्दा ठूलै रकम देखिए पनि बिग बजेटका कारण उक्त फिल्महरूको नाफा भने कम देखिएको छ । बरु २५ करोड भारु बजेटको ‘उरी’ २४५ करोड भारुकमाइ गर्दै लगानीको ८६७ प्रतिशत बढी मुनाफा गर्न सफल रह्यो । नाफा प्रतिशतका आधारमा सर्वाधिक आम्दानी गर्ने फिल्मको सूचीमा ‘ड्रिमगर्ल’ दोस्रो नम्बरमा परेको छ । ३० करोडभारु बजेटमा बनेको आयुस्मान खुराना अभिनित उक्त फिल्मले बजेटको ३६६ प्रतिशत नाफा गरेको हो ।

यस वर्ष सर्वाधिक चर्चामा रहेको शाहिद कपूर अभिनित फिल्म ‘कबिर सिंह’ बजेट र कमाइको अनुपातमा सर्वाधिक मुनाफा गर्ने फिल्मको तेस्रो स्थानमा अटाएको छ । यसको नाफाबजेटको ३६४ प्रतिशत मूल्यांकन गरिएको छ । अक्षयकुमार अभिनित ‘केशरी’ ले बक्सअफिसमा डेढ सय करोड र ‘मिसन मंगल’ ले दुई सय करोड भारुको कमाइ गरे पनि दुईफिल्मको बजेटको तुलनामा ‘मिसन मंगल’ सुपरहिट बन्यो । ‘केशरी’ ७५ करोड भारुमा बनेको थियो भने ‘मिसन मंगल’ केवल ४५ करोड भारुमा ।

यसै वर्ष मिथुन चक्रवर्ती र मन्दिरा वेदी अभिनित फिल्म ‘द टास्केन्ट फाइल्स’ पनि रिलिज भयो । कतिपयले त यस फिल्मको नाम अझै पनि सुनेका छैनन् होला तर चार करोडभारुको उक्त फिल्मले झन्डै १७ करोड भारुको कमाइ गर्‍यो । अथवा, लगानीको ३१८ प्रतिशतको नाफा निर्मातालाई दिलायो । त्यसैगरी, लगानी र कमाइ अनुपातका आधारमा सर्वाधिकबढी प्रतिशत मुनाफा गर्ने यस वर्षका बलिउड फिल्ममा ‘बदला’, ‘लुकाछुपी’, ‘गल्ली ब्वाई’, ‘आर्टिकल १५’, ‘छिचोरे’ क्रमशः सूचीको छैटौंदेखि दसौं स्थानमा पर्दा ‘साहो’ ११ औंबढी मुनाफा गर्ने फिल्म बन्यो ।

त्यसैगरी, बक्स अफिसका आधारमा यस वर्ष सलमान खान स्टारको र्‍याङ्किङमा अग्रस्थानमा छन् भने उनलाई आमिर खानले पछ्याएका छन् । त्यसपछि अक्षयकुमार र अजय देवगणस्टार र्‍याङ्किङमा रहँदा शाहरूख खान पाँचौं स्थानमा परेका छन् । छैटौंदेखि दसौं स्थानमा क्रमशः हृत्तिक रोशन, रनवीर सिंह, प्रभास, रणवीर कपूर र शाहिद कपूर अटाएका छन् ।

यसको मापन निम्न अभिनेताका फिल्मले एक सय, दुई सय वा तीन सय करोड क्लब प्रवेश गरेका आधारमा पाएको अंकभारलाई आधार मानेर स्टार भ्यालु तय गरिएको हो । यसलाईभारतीय अनलाइन मिडिया कोइमोइलेनिकालेको हो ।

प्रकाशित : कार्तिक १८, २०७६ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

इराकमा चर्कियो सरकारविरोधी प्रदर्शन

(एजेन्सी)

बग्दाद — इराकमा पछिल्ला दिनमा गरिँदै आएको सरकार विरोधी प्रदर्शन थप चर्किएको छ । प्रदर्शनकारीले आइतबारको विरोधका क्रममा राजधानी बग्दाद आवतजावत गर्ने सडकहरू अवरुद्ध पारेका छन् । रोजगार तथा सार्वजनिक सेवा सुधारको माग गर्दै इराकमा गत अक्टुबर १ देखि नियमित विरोध प्रदर्शन गरिंदै आएको छ ।

प्रदर्शनकारीले मुख्य सडकहरूमा गाडी तथा कार तेर्साएरअवरुद्ध पारेको बीबीसीले जनाएको छ ।

यसअघिका प्रदर्शन निस्तेज पार्न अश्रुग्यास तथा रबरका गोली प्रहार गरेको भए पनि आइतबार प्रहरीले प्रदर्शनकारीका गतिविधि चुपचाप हेरिरहेको देखिन्थ्यो । एक महिना लामोप्रदर्शनका क्रममा कम्तीमा २ सय ५० जनाले ज्यान गुमाइसकेका छन् । तीमध्ये तीन चौथाइको राजधानी बग्दादको प्रदर्शनमा मृत्यु भएको हो ।

आइतबार अधिकांश स्कुलका विद्यार्थीले सरकारविरोधी नाराबाजी गर्नुका साथै धर्नामा बसेका थिए भने सरकारी कार्यालय बन्द गरिएका थिए । ‘भ्रष्ट तथा चोर शासकहरू नहटेसम्मविरोध प्रदर्शन जारी राख्ने सन्देश दिन हामीले सडक सञ्जाल अवरुद्ध पार्ने निर्णय गरेका हौं,’ २५ वर्षीय आन्दोलनकारी तहसिर नसेरले भने, ‘हामीले सरकारी कर्मचारीलाई कार्यालय जानदिएका छैनौं ।’ बीबीसीका अनुसार मध्य बग्दादमा रहेको ताहिर स्क्वायर तथा वरपरका क्षेत्रमा आन्दोलन केन्द्रित छ ।

सयौं प्रदर्शनकारी सरकारी कार्यालय तथा विदेशी नियोगहरूको ग्रिन जोन पुग्न पुल तर्ने प्रयास गरिरहेको बीबीसीले जनाएको छ । राजधानी बग्दादका साथै अन्य प्रमुख सहरमा पनिविरोध प्रदर्शन गरिएको छ । इराकका दक्षिणी सहर दिवानिया, नाजाफ र नसिरियामा पनि सयौं प्रदर्शनकारी सरकारको विरोधमा सडकमा उत्रेको बीबीसीले जनाएको छ ।

राजधानी केन्द्रित प्रदर्शन चर्किंदै गएपछि राजधानी बग्दादमा अक्टुबर अन्त्यमा कर्फ्यु लगाइएको थियो । इराकी राष्ट्रपति बर्हाम सलेहले गतसाता राजनीतिक दलहरूले नयाँप्रधानमन्त्रीका लागि सहमति जुटाए प्रधानमन्त्री अदेल अब्दुल महदीले राजीनामा दिने बताएका थिए ।

यसअघि गरिएका प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेपछि दर्जनौंको ज्यान गएको थियो । सयौं घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । सरकारद्वार गठितछानबिन समितिको प्रतिवेदनअनुसार प्रदर्शनका क्रममा प्रहरीले अनावश्यक बल प्रयोग गरेको देखिएको जनाइएको छ ।

प्रधानमन्त्री महदीले जनताले शान्तिपूर्वक विरोध तथा प्रदर्शन गर्न पाउने बताए पनि ‘हिंसा अस्वीकार्य भएको’ बताउँदै आएका छन् । सिया समुदायका वरिष्ठ राजनीतिज्ञ तथा अर्शशास्त्रीमहदी एक वर्षअघि प्रधानमन्त्री भएका हुन् ।

उनले देशको विकास तथा समाजसुधारको वाचा गरेका भए पनि पूरा नगरेपछि सरकारविरोधी प्रदर्शन सुरु भएको हो । उच्च बेरोजगारी दर, बढ्दो भ्रष्टाचार र निकै कमजोर सार्वजनिकसेवा सुधारको माग गर्दै अक्टोबर १ देखि सुरु विरोधमा अधिकांश युवा तथा बेरोजगार उत्रेका छन् । सरकारद्वारा गठित एक अनुसन्धान समितिले दर्जनौं वरिष्ठ सुरक्षाकर्मीलाई बर्खास्तगर्नुपर्ने तथा घटनामा संलग्नलाई मुद्दा चलाउनुपर्ने सिफारिस गरेको भए पनि प्रधानमन्त्री तथा केही वरिष्ठ अधिकारीलाई दोषी ठहर गर्दै घटना सामसुम पारिएको थियो ।

प्रकाशित : कार्तिक १८, २०७६ ०९:१७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT