‘उरी : द सर्जिकल स्ट्राइक’ सर्वाधिक कमाइ

(एजेन्सी)

काठमाडौँ — बलिउडमा सन् २०१९ मा थुप्रै फिल्म हिट, सुपरहिट भए । स्टारकास्ट फिल्मले भन्दा सामान्य मानिएका अभिनेताका मध्यम बजेटका फिल्मले बक्स अफिसमा तहल्का मच्चाए । पछिल्लो समय बलिउडमा पनि ‘कन्टेन्ट’ बिक्न थालेको छ ।

‘उरी : द सर्जिकल स्ट्राइक’ सर्वाधिक कमाइ

हृत्तिक रोशन, टाइगर श्राफ अभिनित एक्सन फिल्म ‘वार’ ले अहिलेसम्म घरेलु बक्स अफिसमा मात्रै ३१४ करोड भारुको ग्रस कलेक्सन गर्दै यस वर्ष सर्वाधिक व्यापार गर्ने फिल्म त बनेको छ तर सर्वाधिक नाफा गर्ने फिल्मको सूचीमा भने ‘उरी : द सर्जिकल स्ट्राइक’ अगाडि छ ।


त्यसैगरी, प्रभास स्टारर ‘साहो’, सलमान खान स्टारर ‘भारत’, अक्षयकुमारको ‘केशरी’ का बक्सअफिसमा व्यापार हेर्दा ठूलै रकम देखिए पनि बिग बजेटका कारण उक्त फिल्महरूको नाफा भने कम देखिएको छ । बरु २५ करोड भारु बजेटको ‘उरी’ २४५ करोड भारु कमाइ गर्दै लगानीको ८६७ प्रतिशत बढी मुनाफा गर्न सफल रह्यो । नाफा प्रतिशतका आधारमा सर्वाधिक आम्दानी गर्ने फिल्मको सूचीमा ‘ड्रिमगर्ल’ दोस्रो नम्बरमा परेको छ । ३० करोड भारु बजेटमा बनेको आयुस्मान खुराना अभिनित उक्त फिल्मले बजेटको ३६६ प्रतिशत नाफा गरेको हो ।


यस वर्ष सर्वाधिक चर्चामा रहेको शाहिद कपूर अभिनित फिल्म ‘कबिर सिंह’ बजेट र कमाइको अनुपातमा सर्वाधिक मुनाफा गर्ने फिल्मको तेस्रो स्थानमा अटाएको छ । यसको नाफा बजेटको ३६४ प्रतिशत मूल्यांकन गरिएको छ । अक्षयकुमार अभिनित ‘केशरी’ ले बक्सअफिसमा डेढ सय करोड र ‘मिसन मंगल’ ले दुई सय करोड भारुको कमाइ गरे पनि दुई फिल्मको बजेटको तुलनामा ‘मिसन मंगल’ सुपरहिट बन्यो । ‘केशरी’ ७५ करोड भारुमा बनेको थियो भने ‘मिसन मंगल’ केवल ४५ करोड भारुमा ।


यसै वर्ष मिथुन चक्रवर्ती र मन्दिरा वेदी अभिनित फिल्म ‘द टास्केन्ट फाइल्स’ पनि रिलिज भयो । कतिपयले त यस फिल्मको नाम अझै पनि सुनेका छैनन् होला तर चार करोड भारुको उक्त फिल्मले झन्डै १७ करोड भारुको कमाइ गर्‍यो । अथवा, लगानीको ३१८ प्रतिशतको नाफा निर्मातालाई दिलायो । त्यसैगरी, लगानी र कमाइ अनुपातका आधारमा सर्वाधिक बढी प्रतिशत मुनाफा गर्ने यस वर्षका बलिउड फिल्ममा ‘बदला’, ‘लुकाछुपी’, ‘गल्ली ब्वाई’, ‘आर्टिकल १५’, ‘छिचोरे’ क्रमशः सूचीको छैटौंदेखि दसौं स्थानमा पर्दा ‘साहो’ ११ औं बढी मुनाफा गर्ने फिल्म बन्यो ।


त्यसैगरी, बक्स अफिसका आधारमा यस वर्ष सलमान खान स्टारको र्‍याङ्किङमा अग्रस्थानमा छन् भने उनलाई आमिर खानले पछ्याएका छन् । त्यसपछि अक्षयकुमार र अजय देवगण स्टार र्‍याङ्किङमा रहँदा शाहरूख खान पाँचौं स्थानमा परेका छन् । छैटौंदेखि दसौं स्थानमा क्रमशः हृत्तिक रोशन, रनवीर सिंह, प्रभास, रणवीर कपूर र शाहिद कपूर अटाएका छन् ।


यसको मापन निम्न अभिनेताका फिल्मले एक सय, दुई सय वा तीन सय करोड क्लब प्रवेश गरेका आधारमा पाएको अंकभारलाई आधार मानेर स्टार भ्यालु तय गरिएको हो । यसलाई भारतीय अनलाइन मिडिया कोइमोइले निकालेको हो ।


प्रकाशित : कार्तिक १८, २०७६ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?